झापाको बुद्धशान्तिमा आगलागी हुदाँ घर सखाप

प्रकाशित मिति - बिहिबार, पुस १२, २०७५

                               

शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका–७ जोगिडााँ स्थित एक स्थानीयको घरमा विहिवार भएको आगलागीमा एक घर जेलेर नष्ट भएको छ । स्थानीय कुलवहादुर खरेलको घरमा विहान १०:४५ बजे अगेनावाट अचानक सल्किएको आगोले घर पूर्णरुपमा जलेर खरानी भएको हो ।

खरेलको छोरा÷छोरीले खान खाएर विद्यालय गएको र खरेल र उनकी श्रीमती नजिकैँ रहेको चिया फ्याट्रीमा काम गर्न गएको वेला आगो सल्किएको थियो । सामान्य बाँसको टाँटीवेरा र टिनले छाएको ३ कोठे घर जल्दा खरेलको घर भित्र रहेको सवै सामाग्री जलेको छ । आगलागीवाट करिव १ लाख ६० हजार रुपैँया वरावरको क्षति भएको इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख कृष्णप्रसाद हँुमागाईले जानकारी दिए ।

उनका अनुसार आवश्यक कागजात, लत्ता कपडा, सुनचाँदी, नगद ३० हजार, भाडावर्तन जलेर नष्ट भएको छ । घरमा लागेको आगो ससस्त्र प्रहरी वल टिमाई, इलाका प्रहरी कार्यालय बुधवारे र स्थानीयको सहयोगमा करिव १ घण्टापछि नियन्त्रणमा आएको थियो । आङको लुगा वाहेक अन्य सवै समाग्री जलेर नष्ट भएपछि खरेल परिवारको पुरर्वासको लागि स्थानीयवासीले सहयोग जुटाइदिएका छन् ।

स्थानीय सामाजिक ब्यक्तित्व लीला सुब्बाले २ बण्डल टिन, साहारा नेपालले ४ हजार, आशीर्वाद कृषि समुह र गोदावारी आमा समुहले ५÷५ हजार, भोजपुर निवासी नकुल कार्कीले एक सेट भाडा वर्तन र स्थानीयवासीले संकलन गरेको नगद ६ हजार ५ सय रुपैयाँ परिवारलाई राहत स्वरुप प्रदान गरिएको स्थानीय नीरकुमार सुवेदीले जानकारी दिए । यसका साथै ७ नम्वर वडा कार्यालयले आवश्यक राहत रकम उपलब्ध गराउने वडाध्यक्ष मात्रिका प्रसाद पौड्यालले जानकारी दिए ।