विश्वकप समूह ‘सी’ अन्तर्गतको खेलमा अष्ट्रेलिया र डेनमार्क बराबर

प्रकाशित मिति - बिहिबार, असार ७, २०७५

                               

एजेन्सी | विश्वकप समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले १-१ को बराबरी खेलेका छन् ।

डेनमार्कले खेलको सातौं मिनेटमै अग्रता लिन सफल भएको थियो । उसका लागि मुख्य खेलाडी क्रिस्टियन एरिक्सनले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

त्यस्तै युसुफ पलसनको भिएआरमार्फत दिइएको ह्यान्डबलमा अष्ट्रेलियाले ३८ औं मिनेटमा पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई मिले जेडिनाकले गोलमा परिणत गर्दै अष्ट्रेलियालाई खेलमा फर्काएका हुन् ।

जेडिनाकले पछिल्लो खेलमा फ्रान्सविरुद्धको २-१ को हारमा पनि पेनाल्टीमार्फत गोल गरेका थिए । अर्को तर्फ डेनमार्क भने १-० ले पेरुविरुद्ध विजयी भएको थियो ।

आजको बराबरी पछि डेनमार्कको ४ अंक र अष्ट्रेलियाको १ अंक भएको छ ।