जब प्रधानमन्त्री ओलीले चिनमा चिनियाँ भाषामा भाषण दिए …

प्रकाशित मिति - बुधबार, असार ६, २०७५

                               

काठमाडौँ ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा औपचारिक भ्रमणमा गएको टोलीलाई बेइजिङमा स्वागत गरिएको छ । प्रधानमन्त्री ओलीले शुरुमै मन्तव्य व्यक्त गरेका थिए । उनले चिनियाँ भाषाबाट बोल्न शुरु गरेका थिए । ‘तपाईंहरूलाई भेट्न पाउँदा म निकै खुसी छु’ चिनियाँ भाषामा बोल्दै भाषण शुरु गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल र चीन सधैँ अप्ठेरोको साथी र एक–अर्काको सहयोगी भएको बताए । ‘अप्ठ्यारो समयमा सधैँ एक–अर्काको सहयोगी बन्दै आएको र साझा विकास र दीर्घकालीन शान्तिको लागि सहकार्य गर्नुपर्छु प्रधानमन्त्री ओलीले भने, ‘चीनसँग नेपालको यातायात, पर्यटन, लगानी लगायतका क्षेत्रमा महत्वपूर्ण सहकार्य हुनसक्नेछ ।’

नेपालमा लगानी गर्न चिनियाँ पक्षलाई आह्वान गरेका छन् । नेपालमा प्रविधिमार्फत कृषि र उद्योगमा विकास गरी युवालाई रोजगार दिन चीनसँग सहकार्य हुनसक्नेमा जोड दिए । धेरैअघि नेपाल दक्षिण एसियासँग चीनलाई जोड्ने आर्थिक हब भएकाले अब दुवै देशको हितका ब्युँताउनुपर्ने बताए ।

त्यसपछि मंगलबार राति प्रधानमन्त्री ओली चीनका विभिन्न विषयका विज्ञहरूसँगको रात्रिभोजमा सहभागी भएका थिए । त्यसैगरी चीनस्थित नेपाली दूतावासद्वारा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी बनेका थिए ।