सार्वजनिक भयो एसइईको नतिजा प्रकाशन हुने मिति

प्रकाशित मिति - बुधबार, असार ६, २०७५

                               

भक्तपुर ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा यही साता सार्वजनिक गरिने भएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार यस वर्षको नतिजा एक साता भित्र सार्वजनिक हुने भएको हो । उनले नियम नयाँ भएकाले पाठ्यक्रम र परीक्षा ढिलो भएको हुँदा रिजल्ट आउन समय लागेको बताए । उनले भने, ‘एक सातामा रिजल्ट आइसक्छ । त्यसका लागि रातदिन तयारी भैराखेको छ ।’