राज्यराष्ट्र अवधारणा र जरोकिलो महाअभियानका सम्बन्धमा यसो भन्छन् संस्थापक अध्यक्ष अधिकारी (भिडीयोसहित )

प्रकाशित मिति - बुधबार, असार ६, २०७५

                               

डा. निर्मलमणि अधिकारी, जरोकिलो महाअभियानका संस्थापक अध्यक्ष । जन्म: २०३३ जेठ, तनहुँ छाङ । सञ्चार सिद्धान्त र मीमांसा दर्शनमा पिएचडी, नाट्यशास्त्र सञ्चार सिद्धान्तमा पोष्ट डक्टरेट । काठमाडौं बिश्वबिद्यालयमा १२ बर्षदेखि सञ्चार अनुसन्धान बिषयका प्राध्यापक । आमसञ्चार, दर्शन, साहित्य, संस्कृति र राजनीतिक बिषयमा ४३ वटा पुस्तक प्रकाशित ।

सञ्चार सिद्धान्त- ‘सञ्चारको साधारणीकरण ढाँचा’ का प्रतिपादक, जुन इन्टरनेशनल कम्युनिकेशन एसोशियसनले मान्यता दिएको छ, २५ भाषामा अनुवादित छ, बिभिन्न मुलुकमा पढाई हुन्छ । केही बर्षयता जरोकिलो महाअभियानको संस्थापक अध्यक्ष भएर अभियान संचालन गर्दै आएका । वैदिक परम्पराका ग्रन्थहरू अन्वेषण र प्राज्ञिक अनुसन्धान ।

जरोकिलो महाअभियान र नेपालमा पुनर्जागरणको आवश्यकता, सान्दर्भिकता र उपयोगिताबारे ? नेपाली जाती, समुदाय, सम्प्रदाय, समाज र देशको ऐतिहासिकता त्यसको प्रतिष्ठाबारे ? सुदुर प्राचिनको स्वर्णयुग(?) त्यसको पुनर्उद्धार, पुनर्जीवन र पुनर्प्रयोगको सान्दर्भिकता र सम्भावनाबारे ? पुनर्जागरको नेपाली आधार र मार्गवारे, पुनर्जागरण र आधुनिकताको अन्तरसम्बन्ध र सहअस्तित्वबारे ? नेपाली इतिहास र संस्कृति चेतनाबारे ? ” जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ती” स्थापनाको चाहनाबारे ? राजनीतिक पार्टीको रुपमा अगाडि बढ्ने चाहना, सम्भावना र चुनौतिबारे ? जरो – किलोले नेपालका स्थापित राजनीतिक दललाई नेपाली समाजमा ‘जरो’ नभएको ठान्छ, उसका आरोपहरुबारे ? टिकाराम यात्रीसंग तमसोमा ज्योतिर्गमयमा डाक्टर अधिकारीले ब्यक्त गरेका धारणाहरु यस्तो छ :-

नेपालको शासन ब्यबस्थाको सिस्टम नै कहिले पनि मौलिक हुन् सकेन जसले देशले अगाडि बढ्न सकेन त्यसैको विकल्प स्वरूप जरोकिलो महाअभियान संचालनमा ल्याएको हो । यो अभियान कुनै सनकको भरमा होइन बिस बर्षको अध्यन अनुसन्धान पछि ल्याएको हो । जसले नेपालको राजनीतितन्त्र , अर्थतन्त्र र शिक्षातन्त्रमा आमुल परिवर्तन गरेर नेपालको मौलिकता जोगाउदै देशलाई समृद्ध बनाउने लक्ष्य छ छ भन्दै अधिकारीको जोड दिदै भन्छन् ”आज संसार जुन परिस्थितिमा छ, त्यो परिस्थितिलाई हाँक्ने दर्शन, सिद्धान्त, पद्धति हामीसँग छ । युरोपकेन्द्रित राष्ट्रियताको सिद्धान्तले जनतामा विभाजन ल्याउने भएकाले त्यसको साटो समन्वयवादी राज्यराष्ट्र सिद्धान्त ल्याइएको डा. अधिकारीको दाबी छ ।”

एक पल्ट अमेरिकामा भएको अन्तर धार्मिक सर्वेक्षणले हिन्दु सनातनको पक्षमा त्यहाको अधिकांस मत परेपछि सिंगो अमेरिका भरि हलचल मचिएको दाबि कार्यक्रम संचालक टिकाराम यात्री र डाक्टर निर्मलमणि अधिकारीको पनि रहेछ जुन अन्तर्वार्ताको ९ औ मिनेटमा हेर्न सकिन्छ ।जुनदिन हामी बेदको भुमि भनेर भन्न सक्छौ तब नेपाललाई सबैले मान्छन ।

राष्ट्र र राज्य सम्बन्धी नेपालको मौलिक रैथाने अवधारणा यो संसारमा २३ सय बर्ष पछि आफुले मात्रै ल्याएको डाक्टर अधिकारीको दाबि छ । साथै उक्त अवधारणा अहिले विश्वब्यापी रुपमा चर्चाको शिखरमा रहेको डाक्टर अधिकारीको भनाई देखिन्छ ।जरोकिलो महाअभियान तथा राष्ट्र र राज्य सम्बन्धी नेपालको मौलिक रैथाने अवधारणाबारे गहिराईमा बुझ्न तलको भिडियोमा क्लिक गर्नुस ।