चुनाब हारेको कांग्रेस संसद्को चिट्ठामा पनि हार्यो यसरि

प्रकाशित मिति - मङ्लबार, असार ५, २०७५

                               

काठमाडौँ, ५ असार । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा चार वर्षपछि कांग्रेसको प्रतिनिधित्व चार जना मात्र हुने भएको छ ।

सोमबार राष्ट्रियसभाका ५९ जना सांसदको गोलाप्रथाबाट पदावधि टुङ्गो लगाउने क्रममा नेपाली काँग्रेसका १३ सांसद मध्ये ४ जनाको मात्र ६ वर्ष चिठ्ठा परेको छ ।

यस हिसाबले आगामी चार वर्षपछि राष्ट्रिय सभामा काँग्रेसको प्रतिनिधित्व चार जना मात्र हुने भएको हो ।

काँग्रेसका १३ जना सांसद मध्ये ७ जनालाई २ वर्षको चिठ्ठा परेको छ, २ जनालाई ४ वर्ष र ४ जनालाई ६ वर्षको चिठ्ठा परेको संसद सचिवालयले जनाएको छ ।