ऐतिहासिक बन्दै प्रधानमन्त्री ओलीकाे चिन भ्रमण, ओलीलाई भेट्न किम जोङ पनि बेईजिङमा ?

भेटवार्ता हुनसक्ने !

प्रकाशित मिति - मङ्लबार, असार ५, २०७५

                               

काठमाडाै, ५ असार । यस पटकको प्रधानमन्त्री केपी शर्मा ओलीको छ दिने औपचारिक बेईजिङ भ्रमण ऐतिहासिक हुने सम्भावना बनेको छ ।

प्रम ओली बेईजिङतर्फ प्रस्थान गरेकै समयमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन पनि बेईजिङका लागि प्रस्थान गरेपछि बेईजिङ त्रिपक्षिय भेटवार्ताको सम्भावना बढेको छ ।

प्रधानमन्त्री ओली छ दिने महत्वपूर्ण भ्रमणका लागि बेईजिङमा अवतरण गरेको केही समयपछि नै उत्तर कोरियाका नेता किम जोङ–उन चीनको दुई दिने भ्रमणको क्रममा बेईजिङमै अवतरण गर्दैछन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा २१ औ शताब्दीकै ऐतिहासिक वार्ता गरेको सर्वोच्च नेता उनसँग भेटवार्ता गर्न सफल भएमा प्रधानमन्त्री ओलीको चीन भ्रमण बहुपक्षिय हिसाबले फलदायी हुनेछ ।

सो सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालय र उत्तर कोरियाको विदेश विभागले कुनै प्रतिक्रिया जनाएका छैनन् । यद्यपि उत्तर कोरिया र नेपालबीचमा सुमधुर सम्बन्ध रहेका कारण प्रम ओली र सर्वोच्च नेता किम उनबीच भेटवार्ता हुनसक्ने कुटनीतिक क्षेत्रमा चर्चा सुरु भएको छ ।