देउवालाइ पार्टी सभापति मान्नै छाडे कांग्रेसका जिल्ला सभापतिहरु, पौडेल भेटे तर देउवालाई भेटेनन

मञ्चमा को को बस्ने भन्नेमा विवाद

प्रकाशित मिति - मङ्लबार, असार ५, २०७५

                               

काठमाडौं, ५ असार । चुनावी हार, पार्टी विधान, महासमितिको बैठकलगायतका विषयमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला सुरु हुनुअघि मंगलबार पार्टीभित्रको दुई धार प्रष्ट देखिएको छ ।

एउटै होटलमा बसेका दुई शीर्ष नेतामध्ये वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मात्र ४५ जिल्लाका सभापतिले भेट गरेर फर्किएपछि कांग्रेसभित्रको गुटगत राजनीति झन् छरपष्ट भएको छ। मंगलबारदेखि सुरु हुने जिल्ला सभापतिको भेलाका लागि हेटौंडा पुगेका सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल हेटौंडाको रिगल रिपोर्सको माथिल्लो र तल्लो तलामा बसेका थिए।

पार्टीका दुई शीर्ष नेता एउटै होटलमा बसे पनि मंगलबार बिहान ४५ जिल्लाका सभापतिले तल्लो तलामा बसेका पौडेललाई मात्र भेटेर फर्किएका हुन्।

सभापतिहरुले वरिष्ठ नेता पौडेललाई गुतगत आधारमा नभई जिल्ला तहमा आफूले भोगको समस्या र चुनावी परिणामका विषयमा प्रष्टसँग भेलामा कुरा राख्ने जानकारी गराएको खोटाङका सभापति नरेश श्रेष्ठले जानकारी दिए ।

एकै ठाउँमा भएर पनि सभपातिलाई किन भेट्नु भएन भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘उहाँ आन्तरिक छलफलमा व्यस्त हुनुहन्छ भन्ने थाहा पाएकाले माथिल्लो तलामा गयौं । सभापति ज्यूसँग पनि हामी भेट्छौं ।’

एक्कै ठाउँमा बसेका दुई शीर्ष मध्ये एक जनालाई मात्र भेटेर जिल्ला सभापतिहरु फर्किपछि कांग्रेसभित्र तरंग पैदा भएको छ । पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापतिहरुले सभापति शेरबहादुर विरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारी गरका छन् । पौडेललाई भेट्न रोल्लाका सभापति अमरसिंह पुन, कविलवस्तु सुरेन्दराज आचचार्य, बर्दियाका सञ्जाय गौतम, पाँचथरका नरेन्द्र केरुङ, सोलुखुम्बुका विनोद बस्नेतलगायत गएका थिए ।

मञ्चमा को को बस्ने भन्नेमा विवाद
उद्घाटन समारोहको मञ्चमा को को बस्ने भन्ने विषयमा विवाद भएको छ । मञ्चमा पार्टीका पूर्व पदाधिकारीलाई समेत राख्नुपर्ने एउटा पक्ष र राख्न नहुने अर्को पक्षका कारण भेला उद्घाटनमा ढिलाइ भएको छ ।

छलफलपछि मञ्चमा सभपाति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला र उपसभापति विमलेन्द्र निधि मात्र रहने सहमति जुटेको छ । भेलालाई मकावनपुरका जिल्ला सभापति इन्द्र वानियाँले स्वागत गर्ने र डिना उपाध्यायले धन्यावाद दिने गरी कार्यक्रम तय भएको छ।