रोशन केसी अभिनित दिपक लिम्बुको गीत ‘कसलाई सुनाऊँ…’ सार्वजनिक, भिडियो

प्रकाशित मिति - मङ्लबार, असार ५, २०७५

                               

दीपक लिम्बुको स्वर ज्योति पौडेलको शब्द र राजु सिंहको सङ्गीत रहेको गीत ‘कसलाई सुनाऊँ… सार्वजनिक भएको छ । रोशन केसी र आस्था अधिकारीलाई फिचरिङ गरिएको गीत सार्वजनिक भएको हो ।

गीतको भिडियोमा प्रेममा परेको र यो कुरा कसलाई सुनाऊँ भन्दै छन् मोडल रोशन र आस्था ।

क्यानडामा छायाँकङ्न गरेको भिडियो आकर्ष देखिनुका साथै मोडलद्वयको अभिनय उत्कृष्ट रहेको छ । रोशन लामो समयदेखि क्यानडामा बस्दै नेपाली कला संस्कृतिको श्रीवृद्धिमा तल्लिन छन् ।

युवराज अधिकारीको निर्देशन, छायाँकङ्न र सम्पादन रहेको गीतको भिडियोलाई बेष्ट टोन म्युजिक मार्फत सार्वजनिक गरिएको हो ।