आजको राशिफल : बि.सं. २०७५ साल असार ५ गते मंगलबार

प्रकाशित मिति - मङ्लबार, असार ५, २०७५

                               

आज श्री शाके १९४० बि.स. २०७५ साल आषाढ ५ गते मंगलबार इश्वी सन् २०१८ जुन १९ तारीख ज्येष्ठ शुक्ल पक्ष षष्ठी तिथी चन्द्रमा सिंह राशिमा सुर्य उत्तरायण ग्रीष्म ऋर्तु कुमार षष्ठी भ.पु.चण्डीभगवतीयात्रा सिथिनख – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सन्तान सुख प्राप्त हुनेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । पारीवारिक मनोरञ्जन का क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान पूर्याउनु होला । मानसम्मानमा आचँ आउन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । सामान्य यात्रा हुन सक्ला । तपाईको कार्यको चर्चा छाउन सक्ने सम्भाबना रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खानपानको योग रहेको छ । चिसोको कारण स्बास्थ सम्बन्धिसमस्याले सताउन सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । एकान्त प्रिय हुने योग रहेको छ । ब्यापार ब्यवसायमा राम्रो समय रहेको छ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्नेछ । सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त हुने समय रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कार्य क्षेत्रको सामान्य झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । मान्य जनहरुको साथ सहयोग प्रशस्त प्राप्त हुनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सब्छ । दाजु भाई बिच सामान्य मनमुटाब रहन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । खानपानमा बिशेष ध्यान दिनु होला । आटँ शाहसमा कमि आउनाले कार्य सम्पादनमा झन्झट आउन सक्नेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामान्य खर्च हुने योग रहेको छ । कुल कुटुम्बहरुको साथ सहयोग प्राप्त रहला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । बोल्दा होश पुर्याउनु होला ।