आदिवासी जनजाती महासंघ इजरायलको छेठौ वार्षिकउत्सव सम्पन्न, अध्यक्षमा नरेश कुमार श्रेष्ठ

प्रकाशित मिति - आइतवार, असार ३, २०७५

                               

इजरायल | आदिवासी जनजाती महासंघ इजरायलको छेठौ वार्षिकउत्सव तथा साधारण सभा कार्यक्रम सम्पन्न भएको छ ।

इजरायल स्थित नेपाली राजदुवास राजदूत निरंजन कुमार थापाको प्रमुख अतिथीमा सपन्न भएको सो कार्यक्रमले निर्विरोध नरेश कुमार श्रेष्ठको अध्यक्षतामा नया सचिवालय गठन गरेको छ ।

आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नयन ईम्सोग लिम्बुले संचालन गरेको कार्यक्रमको संयोजक तत्कालिन महासंघ प्रथम उपाध्यक्ष नरेश कुमारले गरेका थिए ।

विदेशी भूमिमा समेत नेपालको नेपाली राष्ट्रीय बहुभाषाहरू बहुभेषभूषा बहुधार्मिक बहुसांस्कृतिक नेपाली पहिचानलाई जोगाएर प्रचार संरक्षण तथा प्रबन्धन र नेपालको सांस्कृतिक पहिचानलाई जोगाऊन आदिवासी जनजाती महासंघले बिभिन्न कार्य गर्दै आएको छ ।

नेपालको कुनै पनि भाषा धर्म संस्कृति पर्व साहित्य भेषभूषालाई तपाईको हाम्रो उसको भने बानी त्यागौ बरु नेपालको सबै भाषा, संस्कृति, धर्म, पर्व नेपाल र नेपाली हो भने बानी बसालौ भन्ने कार्यक्रम मुख्य उदेश्य प्रस्तुत गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।