दम्पतीद्वारा विष सेवन गरेर आत्महत्या

प्रकाशित मिति - शनिबार, असार २, २०७५

                               

एक दम्पतीले विष सेवन गरेर आत्महत्या गरेका छन् । प्यूठानस्थित झिंमरुक गाउँपालिका–५ नेपानेका २३ वर्षीय शिरबहादुर जिसी र १७ वर्षीया सृष्टी जिसीले विष सेवन गरी शुक्रबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आफन्तमा बिहे गरेको प्रहरीमा उजुरीपछि शुक्रबार झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीसहित प्रहरी चौकी मच्छिमा भएको छलफलले निकास ननिकालेपछि जिल्ला प्रहरी कार्यालमा पठाइएको थियो।

विष सेवनपछि उनीहरुले जिल्ला प्रहरी कार्यालयभित्र वान्ता गरेका थिए। लगत्तै अस्पताल लैजाने क्रममा दम्पतीको ज्यान गएको प्रहरी नायब उपरीक्षक राजेन्द्र पोख्रेलले बताए।

प्रहरी नियन्त्रणमा रहेको बेला प्रहरीको लापरवाहीले गर्दा विष सेवन गर्ने वातावरण पाएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका छैनन्।

आफन्तले शनिबार दिउँसोदेखि मच्चि क्षेत्रमा यातायात बन्द गराएर दोषी प्रहरीलाई कारबाहीको माग गरेका छन्।(कान्तिपुरबाट)