भिडियोमा हेर्नुहोस सर्बोच्चबाट सफाइ पाएका खेलाडी आफैले यसरि स्वीकारेका थिए म्याच फिक्सिङ

प्रकाशित मिति - मङ्लबार, जेष्ठ २९, २०७५

                               

विभिन्न अन्तर्राष्ट्रिय खेलहरुमा रकमको लोभमा मिलेमतो गरी राज्यविरुद्धको अपराध गरेको मुद्दामा विशेष अदालतले आज राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सफाइ दिने फैसला गरेको छ। तर सफाइ पाएका मध्ये एक पूर्व गोलकिपर रितेश थापाले म्याच फिक्सिङ भएको स्वीकारेको भिडियो पहिलोपोस्टले पाएको छ।

नेपालका केही खेलहरुको नतिजा शंकास्पद देखिएपछि एसियाली फुटबल महासंघ (एएफसी)ले स्पोर्टराडार, नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा र युईएफएको इन्टिग्रिटी कमिटीको सहयोगमा एक वर्ष लामो अनुसन्धान गरेको थियो। सोही अनुसन्धानका क्रममा हिडन क्यामेरामा रितेश थापाको यो स्वीकारोक्ति रेकर्ड भएको हो।

थापा नेपाल प्रहरीको विभागीय टिमका गोलकिपरसमेत थिए। भिडियोमा उनले म्याच फिक्सिङ गर्नेहरुले डलरमा रकम दिने गरेको बताएका छन्।

अन्जन केसीहरुसँग म्याच फिक्सिङहरुको सम्बन्ध राम्रो भएको उनले बताएका छन्। बंगलादेशसँगको खेल जितेमा रकम पाउने भएकोमा अन्जनले मात्र रकम खाएको कुरा हल्ला भएपछि सबैका लागि ३ हजार डलर आएको उनले बताएका छन्। त्यो रकम त्यहाँ गएका सबै २० सै जना खेलाडीले बाँडेको पनि उनले भिडियोमा बताएका छन्।

‘फिलिपिन्ससँगको म्याच रियल म्याच पनि हैन, फ्रेन्डली हो, हार्छ स्योर छ भनेपछि गर्दिउँ न त भनेर..’ उनले भिडियोमा भनेका छन्।