परमाणु युद्धको धम्की दिने उत्तर कोरिया हतियार छोड्न राजी

प्रकाशित मिति - मङ्लबार, जेष्ठ २९, २०७५

                               

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ – उनबीचको ऐतिहासिक शिखर वार्तामा अमेरिकालाई परमाणु युद्धको धम्की दिने किम जोङ – उन अब परमाणु हतियार छोड्नको लागि राजी भएको स्रोतले जनाएको छ ।

नेता किमले आणविक नि: शस्त्रीकरणमा पूर्णरुपमा प्रतिबद्ध गरेको बदलामा राष्ट्रपति ट्रम्पले प्योंगयांगलाई सुरक्षा दिने ग्यारेन्टीको साथ हस्ताक्षर गरेका छन् । उक्त सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्ध स्थापनाको वाचा पनि गरेको छ। ‌

ट्रम्प र किमबीच नयाँ सम्बन्ध बनाउदै विगतलाई पछाडि छोड्ने सहमति भएको जनाएको छ । वार्तापछि ट्रम्प र किम निकै खुसी देखिएका थिए ।