मेस्सी, म्याराडोना जन्मेका देश अर्जेन्टिनाबारेका केहि यस्ता रोचक तथ्य

पानाखबर

प्रकाशित मिति - आइतवार, जेष्ठ २७, २०७५

                               

विश्वकप फुटबल प्रतियोगिता जब आउँछ दक्षिणी अमेरिकी देश अर्जेन्टिनाको चर्चा चुलिन्छ। अर्जेन्टिना फुटबलको लागी प्रख्यात छ।महान् खेलाडी म्याराडोना अर्जेन्टिनाकै हुन् भने वार्सिलोना क्लबबाट फुटबल खेल्ने मेस्सी पनि वर्तमान समयकै उत्कृस्ट खेलाडी हुन्।यतिबेला संसारका थुप्रै मानिसको ध्यान मेस्सी र अर्जेन्टिनातिर मोडिएको छ।

फुटबल बाहेक अर्जेन्टिनामा केहि यस्ता कुराहरु छन् जुन तपाईंलाई थाहाँ नभएको हुनसक्छ। आउनुस् जानौं अर्जेन्टिनाको बारेमा केहि रोचक तथ्यहरु।

-दक्षिण अमेरिकामा ब्राजिलपछि दोस्रो ठूलो देश अर्जेन्टिना हो।

-अर्जेन्टिनाको कुल जनसंख्याको ९७ प्रतिशत मानिसहरु युरोपियन मुलका हुन्।

-अर्जेन्टिनाको साक्षरता ९९ प्रतिशत रहेको छ।त्यसैले अर्जेन्टिना विश्वको शिक्षित देशको सूचीमा पर्छ।त्यहाँ पाँचदेखि अठार बर्षको उमेरसम्म स्कुल पढ्नु अनिवार्य छ।

-सन् २००१ मा अर्जेन्टिनाको राजनीतिमा १० दिनको समयमा पाँच जना राष्ट्रपति बदलिए।

-अर्जेन्टिनामा फुटबल अत्यन्तै लोकप्रिय भएपनि राष्ट्रिय खेल भने ‘पातो’ हो।जुन पोलो र बास्केटबलको एक समिश्रण हो।यो खेल घोडामा बसेर खेलिन्छ।

-म्याराडोना विश्वका एकमात्र त्यस्ता खेलाडी हुन् जसको नाममा अर्जेन्टिनामा चर्च बनाईएको छ।जहाँ उनका प्रशंसकहरु म्यारोडनालाई भगवान झैं मान्छन्।

-मेस्सी जन्मेका शहरमा धेरैले आफ्ना बच्चाहरुकोनाम मेस्सी राखेकाले त्यहाँको प्रशासनले मेस्सी नाम राख्न प्रतिबन्ध लगायो।

-अर्जेन्टिनाका मानिसहरु विश्वमा सबैभन्दा धेरै रेडियो सुन्ने मानिसको सूचीमा पहिलो नम्बरमा आउछन्।एकजना अर्जेन्टिनीले हप्तामा औसत तीन घण्टा भन्दा धेरै रेडियो सुन्ने गर्छन्।

-विश्वमा सबैभन्दा धेरै पुरातत्वविद अर्जेन्टिनामा जाने गर्छन्।जसको कारण हो-त्यहाँ दुँनियाका सबैभन्दा पुरानो डाइनोसरको अवशेष पाईन्छ।

-दक्षिण अमेरिकामा अर्जेन्टिना यस्तो पहिलो देश हो जसले २०१० मा समलिंगी बिहेलाई मान्यता दिएको थियो।

-अर्जेन्टिनाको जनसंख्याको ९२ प्रतिशत मानिसहरु शहरमा बन्छन् भने बाँकी आठ प्रतिशत गाउँमा बस्छन्।

-अर्जेन्टिना विश्वमा धेरै वाइन निर्यात गर्ने देशको सूचीमा पर्छ।अर्जेन्टिनाना बियर अत्यन्त धेरै मन पराईन्छ।त्यहाँको प्रत्येक राजनीतिक दलको वियरको आफ्नै ब्रान्ड छ।

-विश्वमा अर्जेन्टिना यस्तो पहिलो देश हो जहाँ १८९२ मा पहिलोपटक फिंगरप्रिन्टको प्रयोग गरिएको थियो।जसको मद्धतले एक अपराध पत्ता लगाईएको थियो।

-विश्वमा पहिलो दैनिक रेडियो अर्जेन्टिनाबाट प्रसारण भएको थियो।ल्याटिन अमेरिकामा ओस्कार पुरस्कार जित्ने एकमात्र देश अर्जेन्टिना हो।