आँपको सिजन छ जान्नुहोस ,औषधीय गुणले भरीपूर्ण अाँपकाे यी फाइदा

प्रकाशित मिति - शनिबार, जेष्ठ २६, २०७५

                               

काठमाडौँ । गुलियो तथा अमिलो स्वाद भएको आँपको फलमा दुई दलीय बिऊ हुन्छ। आँप विश्वप्रसिद्ध, स्वादिष्ट र अत्यन्तै पौष्टिक फल हो त्यसैले यसलाई फलहरूको राजा पनि मानिन्छ ।

आँपमा औषधीय गुण हुन्छ । आयुर्वेदका अनुसार, आँपका पाँचै अंग अर्थात् बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् । पाकेको आँप गुलियो, वीर्यवर्धक, पौष्टिक, वायुनाशक, कान्तिदायक, शीतल, पित्तनाशक हुन्छ ।

आँपको सेवनले भोक पनि बढ्ने गर्छ । यसले मुटुलाई बलियो बनाउनुको साथै पित्तलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँप कफवर्धक पनि मानिन्छ । आँप चाउरी रोक्नसमेत प्रभावकारी मानिन्छ । आँपमा प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन ए,सी र बी आदि पाइन्छ ।

आँपमा टार्टरिक र मेलिक अम्लसमेत पाइन्छ । साइट्रिक अम्ल भने थोरै मात्रामा हुन्छ । यो अम्ललाई मानव शरीरले उपयोग गर्ने गर्छ । यो अम्ल शरीरमा क्षारीय सञ्चय कायम राख्न सहयोगी हुन्छ ।न्युज 24 अनलाइनबाट