इजरायलमा रहेर गितकार नुतन भुसालले ल्याइन “तिमी अाउने खुसीमा”, भिडियो

प्रकाशित मिति - शनिबार, जेष्ठ २६, २०७५

                               

गितकार नुतन भुसालले अाफ्नो गीति एल्बम नुतन कृतिमा रहेको “तिमी अाउने खुसीमा” बोल रहेको गीतको भिडियो लिएर फेरी एकपटक दर्शक श्रोतामाझ आएकी छिन् ।

भुसालका रचनाहरू प्राय जस्तो मानवीय जिवनका उतारचढाव भित्रै रहने गरेका हुन्छन । तपाईं हाम्रो जिवनका घटना परिघटना, पिडा,खुसी र इच्छा चाहना भित्र रहेर निक्कै मार्मिक तर मिठो शब्दहरूलाई संगाल्दै गीत रचना गर्न सिपालु गीतकार भुसाल बिगत १२ वर्ष देखि इजरायललाई अाफ्नो कर्मथलो बनाएकी छिन् ।

बिदेशी भुमिमा अाफ्ना अनेकौं पिडालाई अंगाल्दै हजारौ चाहनाहरूको कुनै पर्वाह नगरी परिवार सँग सात समुन्द्र पारी रहेर पनि नेपाली गीत संगीतमा अनवरत रूपमा लागिरहेकी भुसाल अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाका साथै बिभिन्न संघ सस्थामा रहेर अाफुलाई समाज सेविको रुपमा पनि परिचीत गराउदै छिन।

गितकार भुषालका अन्य गीतहरू पनि सुटिङको क्रममा रहेको छ भने चाडै आउने उनले बताएकी छिन् ।

अहिले भर्खरै आएको यो गीत “तिमी अाउने खुसीमालाई संगीतकार सुनिल मास्के दिएका छन् भने आवाज गायक विश्व नेपालीको रहेको छ।साथै यस गीतको छायाँकार रोहित बीक्रम कार्की र निर्देशन भोला तिमल्सिनाको रहेको छ गीतको भिडियोमा चन्द्रमणी र पुजा गौतमले अभिनय गरेका छ।

हेर्नुहोस यो गीतको भिडियो