कादम्बरी कुन्जमा अमात्यले “लैजाउन मलाई” भनेपछि… भिडियो

बिराज प्रधान

प्रकाशित मिति - शनिबार, जेष्ठ २६, २०७५

                               

इजरायलवासी नेपालीहरु बीच अति नै चिरपरिचित नाम हो ”गीतकार कादम्बरी दाना श्रेष्ठ” । बैदेशिक रोजगारीको सिलसिलामा बिगत लामोसमय देखि इजरायलमै रहेर पनि नेपाली कला क्षेत्रमा के कसरी योगदान गर्न सकिन्छ भन्दै आफ्नु तर्फबाट गीतगजलको श्रीजना गर्दै नेपाली कला क्षेत्रलाई धनी बनाउन लागिपरेकी उदयीमान सर्जंकमा पर्छिन ”गीतकार कादम्बरी दाना श्रेष्ठ”।

गीत श्रीजना मार्फत कला क्षेत्रलाई धनि बनाउन लागेकी कादम्बरीको पहिलो उपहार हो गीति संग्रह ”सुशान्त” जसमा ५ वटा गीतहरु सग्रह थियो । रचनाकार कादम्बरी र्इजरायलमै कार्यरत रहदा छोरा सुशान्तको अल्पायुमै निधन भएको थियो । आफ्नु प्रिय मुटुको टुक्रा छोरा सुशान्तको स्मृतिमा आफ्नु पहिलो एल्बमको नामनै ”सुशान्त ” राखिएको थियो । उक्त एलबमका सबै गीतमा चर्चित गायिका मिलन अमात्यले नै स्वर दिएकी थिइन । जसको केहि म्युजिक भिडियो पनि निर्माण भएको छ ।

उनै उदयीमान रचनाकार कादम्बरी दाना श्रेष्ठले फेरि अर्को कोसेली लिएर आएकी छिन ”कादम्बरी कुन्ज” जसमा शंकर थापाको एकल संगीत र उदयराज पौडेलको एकल संगीत संयोजन रहेको छ । मिलन अमात्य, सागर आले, सन्ध्या जोशी, आयुस केसी, सरिता शाही र शंकर थापा स्माईलको स्वर रहेको यो एल्बममा ६ वटा गीत समावेसहरु छन ।

गीतकार कादम्बरी दाना श्रेष्ठको एकल रचना शंकर थापा ‘स्माइल’को संगीत र उदयराज पौडेलको एकल संगीत संयोजनमा तयार भएको गीतिसंग्रह ‘कादम्बरी कुञ्ज’ सार्वजनिक गरिएको छ । वरिष्ठ गीतकार डा.रामविक्रम सिजापतिको प्रमुख आतिथ्यतामा वरिष्ठ संगीतकार दीपक जंगम, राजु सिंह, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, एनआरएन अमेरिकाका अध्यक्ष राजा घले लगायतको उपस्थितिमा गीतकार श्रेष्ठको ‘कादम्बरी कुञ्ज’ सार्वजनिक गरेका हुन् । समारोहमा गीतकार कादम्बरीले एकीकृत नेत्रहीन संघलाई रु २१ हजार सहयोग स्वरुप प्रदान पनि गरेकी थिईन ।

सोहि एलबमको एक गीत हो ”लैजाउन मलाई सिउदोमा सिन्दूर लर्काइ”

तपाईलाई पनि अचम्म लाग्ला, मिठो स्वर र सुन्दर अनुहारकी धनी गायिका मिलन अमात्यले हाक्काहाक्की भन्दैछिन- ‘लैजाउन मलाई सिउदोमा सिन्दूर लर्काइ, पन्चे बाजा बजाई , बेहुली बनाई ‘ भनेर । तर नआत्तिनुस, तपाइलाई हैन यिनले गीतमार्फत सबै दर्शक श्रोतालाई भनेकी मात्रै भनेकी हुन् ।

कादम्बरी श्रेष्ठको गीत, शंकर थापाको संगीतमा मिलन अमात्यले गाएको यो बिशेषत: विवाह समारोहको लागि उपयुक्त गीत हो । एउटी अल्हड, चुल्बुली अनि बैशालु युवती जसले सुन्दर, बलिष्ठ अनि रुपवान ठिटोलाई मन दिएकी छ उसैलाई भन्दैछिन- लैजाउन मलाई भनेर ।

गीत मार्फत विवाहयोग्य एउटी युवतीको विवाहप्रतिको इच्छा र आकांक्षालाई गीतमा वाणी दिने प्रयास गरिएको छ । म्युजिक भिडियोमा पनि विवाहको माहौल सिर्जना गरिएको छ र त्यहाँ बिपरितलिंगी युवायुवतीको एक अर्काप्रतिको आकर्षणलाइ अभिव्यक्त गरिएको छ । गीतलाई राम्रो वा नराम्रो क्याटोगरीमा राख्नुभन्दा पनि गीत एउटा बिशेष माहौलका लागि बनेको छ । विहे जन्तिमामा यो गीतको डिमाण्ड हुने पक्क्कपक्की देखिन्छ ।

कादम्बरी कुन्जको सिंगो टिमको मेहनत प्रसंसनिय छ , हाम्रो तर्फबाट पनि कादम्बरी कुन्जलाई सफलताको कामना छ ।

हेर्नुहोस भिडियो