कक्षा ११ र १२ बाट गणित विषय हटाइदै

प्रकाशित मिति - शुक्रबार, जेष्ठ २५, २०७५

                               

काठमाडौं, २५ जेठ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्तावसहितको मस्यौदा तयार पारेको छ ।

सो मस्यौदामा यसअघिको अनिवार्य गणितलाई ऐच्छिक बनाइएको छ । वायोलोजी र गणितलाई एउटै समूहभित्र राखेर कुनै एउटामात्र रोज्न पाउने व्यस्था गरिएको छ । गणित र बायोलाजी दुवै पढ्न चाहने विद्यार्थीहरुले एउटामात्र विषय रोज्नुपर्ने छ ।

तर यता कक्षा ११ र १२ बाट गणित विषय हटाइएपछि सरोकारवालाले विरोध गरेका छन् । गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अरु विषयहरुलाई पनि असर पर्ने तर्क गरिएको छ ।