एक पछि एक हिट गीत ल्याएकी टिका प्रसाईंको आयो फेरी ‘माया लुकी लुकी’, भिडियो सहित

प्रकाशित मिति - बिहिबार, जेष्ठ २४, २०७५

                               

पछिल्लो समय नेपाली गीत संगीतमा निकै नै उत्कृस्ट गित प्रस्तुत गरिसकेकी गायिका टिका प्रसाईंको ‘माया लुकी लुकी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

आनन्द अधिकारीको शब्द, आशिस अविरलको संगीत तथा संगीत संयोजन रहेको छ भने भिडियोमा ज्ञानेन्द्र शर्माको छायाङ्कन, कार्टुन्ज क्रिउको कोरियोग्राफी रहेको भिडियोलाई कार्टुन्ज क्रिउ कै सरोज अधिकारीले निर्देशन गरेका हुन भने सम्पादन प्रबिन श्रेष्ठको रहेको छ ।

प्रसाईका पछिल्ला गीतहरु ‘नाइँ मलाइ था छैन’, ‘सेल्फीको जमाना’ जस्ता गीत अत्याधिक हिट भएका थिए ।

हेर्नुहोस उक्त गीतको यो भिडियो