एक नेपालीलाई कतारमा गोली हानेर मृत्युदण्ड दिन अदालतको आदेश

प्रकाशित मिति - सोमवार, जेष्ठ २१, २०७५

                               

दोहा, जेठ २१ । कतारी नागरिकको हत्या अभियोगमा एक नेपालीलाई कतारको तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाइएको छ।

कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा जेलमा रहेका महाेत्तरीकाे अाैरहीका अनिल चौधरीलाई ‘गोली हानेर’ मृत्यदण्ड दिन अदालतले आदेश दिएको हो।

गत बर्ष अप्रिल २०१७ को पहिलो साता कतार प्रहरीले हत्या अभियोगमा अनिल लाई पक्राउ गरि हिरासतमा राखेको थियो।

कतारको अदालतले पहिलो पटक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन आदेश दिएको हो । कतारको तल्लो अदालतका न्यायाधीश अल वेदाहिविको अध्यक्षतामा बसेको इजलासले चौधरी लाइ गोलि हानेर मृत्युदण्ड दिन आदेश दिएको हो।

सन् २०१५ अगस्ट २७ मा अनिल रोजगारीका लागि कतार पुगेका थिए।चौधरी परिवारका एक मात्रै सन्तान रहेका २० बर्सिए अनिल बिगत तीन बर्ष देखि कतार स्थित एक कार वास सेन्टरमा काम गर्दै आएका थिए।

आफ्ना नागरिक लाई अदालतले यस्तो सजाय सुनाए पछी यता कतार स्थित नेपाली दूतावासले अनिललाई सजाय कम गरि मृत्युदण्ड बाट बचाउन पुनरावेदन अदालतमा अपिल गरेको दूतावासको भनाइ उदृत गर्दै कतार बाट राजु डुम्रेले जानकारी दिएका छन।

अदालतमा पुनरावेदन जानको लागि वकिल खर्च बापत ३० हजार कतारी रियल खर्च हुने भएपछि दूतावासले उक्त रकम पत्र मार्फत परराष्ट्र मन्त्रालय हुँदै वैदेशिक रोजगार बिभाग संग माग गरिएको दूतावास स्रोतले जानकारी दिएको छ।

वैदेशिक रोजगारीमा रहदा सामान्य बिसयमा सम्यमता अपनाउन नसक्दा यस्तो घटना हुन पुग्ने भन्दै सबैलाई सचेत र संयम भएर काम गर्न दूतावासले अनुरोध समेत गरेको छ।