झापाको दमक नगरपालिकाले पायो करोडौको जग्गा दान, मालपोत रजिष्ट्रेशन पनि सकियो

प्रकाशित मिति - आइतवार, जेष्ठ २०, २०७५

                               

दमक | झापाको दमक नगरपालिकालाई वडा कार्यालय भवन निर्माणकलागि करोडौ मुल्य बराबरको जग्गा प्राप्त भएको छ ।

दमक नगरपालिका वडा नम्बर २ को वडा कार्यालय भवन निर्माणकालागि स्थानियहरुबाट करोडौ मुल्य बराबरको १० कठ्ठा जग्गा निशुःल्क प्राप्त भएको हो । वडा समितिको कार्यालय निर्माणकालागि दमक २ स्थित शिवाश्रम मन्दिरको २ सय मिटर दक्षिणमा सो जग्गा प्राप्त भएको जग्गा व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

वडा कार्यालयको भवन निर्माणकालागि सो जग्गा स्थानीय नेत्रप्रासाद दाहाल, उद्धबप्रसाद दाहाल, भवानी शंकर खनाल, प्रथम धिमाल, कमल धिमाल, रत्न धिमाल दमक ५ निवासी योगन्द्रप्रसाद दुलाल र हेमनाथ पौड्ेलबाट प्राप्त भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

सो जग्गा शुक्रबारनै दमक स्थित मालमोत कार्यालयबाट वडा कार्यालयको नाममा रजिष्ट्रेशन पासगरि लालपुर्जा समेत नगरपालिकाले प्राप्तगरिसकेको पनि दाहालले जानकारी दिनुभयो ।