फेरि बढ्यो इन्धनको मूल्य ! यति भयो अबको मूल्य

प्रकाशित मिति - शनिबार, जेष्ठ १९, २०७५

                               

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । अन्तर्ष्ट्रिय बजारमा इन्धनको मूल्य बढसँगै नेपालमा पनि बढाईएको नेपाल आयल निगमले निगमले जनाएको छ

इन्डियन आयल कर्पोरेशन आइओसी बाट मूल्य बढेर आएपछि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन एटीएफको मूल्य भाउ बढाएको हो ।

पेट्रोल, डिजेल, मट्टीतेल प्रति लिटर तीन \तीन रूपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तराष्टियतर्फ प्रति केएल ७५ डलर बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ । भाउ बढेसँगै पेट्रोलको मूल्य प्रति लिटर एक सय १३ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ पुगेको छ ।

एटीएफ आन्तरिकतर्फ तर्फ प्रतिलिटर १०० रुपैयाँ र अन्तराष्ट्रितर्फ प्रति केएल ७५ डलर बढेर एक हजार ७५ डलर पुगेको छ। वृद्धि भएको मूल्य शनिबार राति १२ बजेबाट कार्यान्वयनमा आउने छ । मूल्य बढाउँदा पनि निगमको पाक्षिक घाटा १८ करोड रहेको निगमले जनाएको छ।