कमरेड प्रचण्ड ज्यु, पाप कहिले धुने ?

जनयुद्धको ज्वालामुखीबाट उदाउनु भएको माओवादी कमरेड प्रचण्ड ज्यु पाप कहिले धुने ।
बिनोद जम्मर कट्टेल

प्रकाशित मिति - बिहिबार, जेष्ठ १७, २०७५

                               

हुनत मैले यो पत्र लेखेर तपाईलाइ सताउन खोजेको भने पक्कै होइन यस्को मतलब यो होइन कि म कसैको भक्त भएर तपाइको खण्डन गरेको ।

तपाईको युद्धमा सिंगो परिवार उजाड बनाएका मान्छेहरुले अहिले प्रश्न उठाउन थालेपछि कसैले प्रश्न गर्नु भएको थियो– ‘म युद्धमा होमिदा तिमी कहाँ थियौ साथी ? त्यत्रा १७ हजार नागरिक युद्धबाट प्रत्यक्ष प्रभावित थिए। होला तपाइले वातानुकुलित ठाउँमा बसेर रणनैतिक युद्ध लड्नु भयो । त्यो भन्दा कयौं गुणा क्षति भने सर्वसाधारणले ब्यहोरे । आफ्ना कार्यकर्तालाई ब्यक्तिको सम्पत्ति पार्टीकरण गर्नुपर्छ, सबैको सम्पत्ति राष्ट्रियकरण हुनेछ र मालिक, श्रमिक, धनी गरिबलाई बराबर बाँडिनेछ भनेर आश्वसन बाँड्ने तपाई नै हो। ती सोझा साझा जनताले दिउँसै सपना देखेर आफ्ना झिम्टिझाम्टा पार्टीकरण गराए । जसको शिकार पनि उनै गरिब बने । तपाईं त भन्नुहोला मेरो निजी सम्पत्ती छैन तर तपाईजस्तो निजी सम्पत्तीहिन सर्वहारा जीवन विताउन पाए हरेक नेपाली कति भाग्यमानी सर्वहारा हुन्थे होलान् ।

यहाँ मागेर कसैले दिँदैन त्यसैले अब जनयुद्धद्वारा आफ्नो अधिकार खोसेर लिनुपर्छ भन्दै त्याँहाका अनपढ, अन्याय र अत्याचारको भुमरीमा झेलिएर रातोदिन मालिकको भारी बोकेर, जमिनदारको खेतबारी जोतेर आफ्नो परिवार पाल्ने किसान मजदुरलाई युद्धमा सामेल गराउनुभयो । नेपालमा युद्ध चर्काएर भारतमा आफू र आफ्नो परिवार सुरक्षितका साथ राख्नु भयो । यो हामीले देखे भोगेकै कुरा हो ।

तपाइँलाई बिश्वास गरेर क्रान्ति- क्रान्ति भन्दै हिँडेबापत त्यसको सजायँ कोहि सहिद भएर भोगेका छन् भने कोहि अरबको बालुवा चालेर भोग्दै छन् । बाउन्न सालमा तपाइँलाई बिश्वास गर्नेहरु मध्ये आधा-आधी मरेर सकिए, बैसठ्ठी- त्रीसठ्ठी सालमा तपाइँको बिश्वास गर्नेहरुमध्ये आधा-आधी खाडी भासिए । बँचेकुचेका मध्ये कोहि त अपाङ्ग बनेर घरबाट नै निस्किने हैसियत राख्दैनन भने धेरै जसो तल्लो गरिबीमा बाँच्न बाध्य छन् । प्रचण्ड ज्यु ! के बिश्वास गर्नुको सजायँ यहि हो ?

हिजो फुस्रो कपाल, झुस्स दारी, मैलो जाकेट र पाइन्ट, अनि खुट्टामा २५० रुपैयाँको गोलस्टार जुत्ता लगाएर हातमा लठ्ठी, साथमा पत्नी सीता र बाबुरामलाई लिएर तपाई तिनै रूकुम, रोल्पाली जनताको बस्तीमा बटुकीमा मोइ भुटेको मकै भटमास र गुन्द्रुक खाएर हिंड्नु हुन्थ्यो । आज पनि त्यही गर्नुस् भनेको होइन । तर, तिनै बस्तीका जनतालाई बटुलेर सामन्ती, शोषक, जमिनदार, पुँजीवादी, आदि भए भरका शब्द प्रयोग गर्दै गाउँमा १० डोका मकै हुने मान्छेलाई पनि सफाया गर्दै हिंड्नु हुन्थ्यो । कसको हितका लागि ? त्यसबेला तपाइहरुले सामन्ती भनी गिंडेका शिक्षक, स्वास्थ्यकर्मीको सामाजिक जीवन र आज तपाईंले आफ्नो पछाडि बोकेर हिंड्नु भएका दलाल पूँजी बजारका मालिकलाई तुलना गर्ने समय पाउनु भएको छ ?

तपाइँलाई बिश्वास गरेर क्रान्ति- क्रान्ति भन्दै हिँडेबापत त्यसको सजायँ कोहि सहिद भएर भोगेका छन् भने कोहि अरबको बालुवा चालेर भोग्दै छन् । बाउन्न सालमा तपाइँलाई बिश्वास गर्नेहरु मध्ये आधा-आधी मरेर सकिए, बैसठ्ठी- त्रीसठ्ठी सालमा तपाइँको बिश्वास गर्नेहरुमध्ये आधा-आधी खाडी भासिए । बँचेकुचेका मध्ये कोहि त अपाङ्ग बनेर घरबाट नै निस्किने हैसियत राख्दैनन भने धेरै जसो तल्लो गरिबीमा बाँच्न बाध्य छन् । प्रचण्ड ज्यु ! के बिश्वास गर्नुको सजायँ यहि हो ?

राज्य भनेको के हो.? राज्यमा को छ अनि कस्का पछि लागेर लडेका थिए । कुन सान्त्वना दिएर लडाइएका थिए ..? यी होनहार वीरहरुलाइ !! राज्यको समस्या कसरी भयो यो ..?? राज्यको शक्तिशालि पदमा को छ अहिले र पहिले पनि त हुनुहुन्थियो !! कस्ले दिने जनयुद्धमा लडेका सिपाहीहरुलाइ अधिकार …किन खुलेर भन्न सक्न्नु हुन्न .?? अनि पहिचान र आधार बिनाको जनयुद्ध कसरी लडे त ..?? आज पनि घिस्रेर हिड्न बाध्य छन् व्हील चियर बिना अनि तपाई कस्लाइ थुपार्दै हुनुहुन्छ यो दोष ..?? युद्धमा घाइते भएकाहरुलाइ आज सम्म कुनै मलम पट्टि भएको छ र ..!! हुन सक्छ युद्धमा तपाईलाई केही भएन तर सहकर्मी हरुको बारेमा पनि कहिलेकाही त सम्झिदिने गर्नुहोस् ।

बिसौ बर्ष हुन लागि सको जनयुद्धको लडाइँमा अपांग हुनेहरुले आज सम्म घिस्रेर हिड्नु परेको पीडा सायद पीडितहरुलाई मात्र थाहा होला । स्कुल पढ्न र परिवार बाट बन्चित गराएर जरबजस्ती युद्धमा होमाएर अपांग भएकाहरुलाइ व्हिल चियरको ब्यवस्थापन कस्ले गर्छ ….?? माओबादिका शीर्ष लगाम लगाएका मान्यजनहरुलाइ मेरो प्रश्न…

राजतन्त्र, लाेकतन्त्र वा गणतन्त्र जे भने पनि सामन्तबादि साेच र दास मानसिकता रहुन्जेल तन्त्रकाे नाम बदलेर मात्र जनताकाे जीवन शैलिमा परिवर्तन हुन्न /हुन्छ त केवल नेताहरूको शान र मान मात्रै ।

र अन्त्यमा अन्यायको कुनै मुल्यांकन भएनछ।

अनुहारबाट सबै क्रान्ति गुमेका तपाइका क्रान्तिकारी योद्धाहरुलाइ विरालोको अनुहार हेरेर बाघको न्यास्रो मेट्ने मौका अवस्य दिनुहोला।
अपराधी जेल परोस, पैसाको लोभमा पारेर दुखी र पीडित जनतालाई न्यायबाट बन्चीत नपारीयोस ! पिडित जनताले न्याय पाउन, हत्याराको जेलको बास होस !

साँच्चै भन्नुहुन्छ भने हृदयदेखि नै तपाइँलाई बधाई दिने सायद कमै होलान् दलीय स्वार्थको भारीले थिचिएका बाहेक ।