एनआरएनएले युरोपेली भेला लक्जमवर्गमा भब्य गर्दै, प्रधानमन्त्रीलाई औपचारिक निम्तो

प्रकाशित मिति - बिहिबार, जेष्ठ १७, २०७५

                               

लक्जमवर्ग | आगामी जुलाई २८ देखि ३० तारिख (तिन दिन) सम्म लक्जमवर्गमा हुने गैह्र आवाशिय नेपाली संघ (एनआरएनए) एघारौं युरोपेली भेलामा लक्जमवर्कगा प्रधानमन्त्री जावियेर बार्तेललाई औपचारिक रुपमा निम्ता गरिएको छ ।

एनआरएनए लक्जमवर्गका अध्यक्ष नारायण गुरुङको नेत्रित्वमा गएको एनआरएनए लक्जमवर्गको टोलीले हिजो सोमबार बार्तेलकै कार्यालयमा भेटी विशेष अतिथिका रुपमा सहभागिता जनाउन औपचारिक निम्ता दिएको हो ।

प्रधानमन्त्रीले उक्त टोलीसमक्ष सकारात्मक जवाफ दिएपनि केहि दिनमै औपचारिक निर्णय दिने बताएका थिए । एनआरएनए लक्जमवर्गको टोली र प्रधानमन्त्री बार्तेलबिच केहि बेर नेपाल, नेपाली संस्क्रिति, नेपाली समूदाय, एनआरएनए र लक्जमवर्का नेपालीको अवस्थाका बारेमा छलफल भएको थियो । छलफमा बार्तेलले नेपाली समूदायबारे चासो राखेका थिए ।

यस्तै गुरुङकै नेत्रित्वमा गएको टोलीले लक्जमवर्ग सिटीकि मेयर लेडी पोल्फ़रलाई पनि कार्यक्रममा उपस्थितिका लागी औपचारिक निम्ता गरिएको बताइएको एनआरएन लक्जमवर्गका प्रवक्ता बालहरी राईले जानकारी दिनुभयो ।

एनआरएनका कुनैपनि औपचारिक कार्यक्रममा बिदेशका यति माथिल्लो तहका प्रतिनिधीको हालसम्म उपस्थिति छैन । लक्जमवर्गका प्रधानमन्त्रीको उपस्थिति रहेमा यो एक ऐतिहासिक अवशर हुने छ । यसले एनआरएनए लाई हेर्ने बिदेशी सरकारको नजर कस्तो छ भन्ने देखाउने छ । भविष्यमा हुने एनआरएनए का औपचारिक कार्यक्रममा बिदेशमा सरकारी तहबाट खेलिने भूमिका र चासोमा योगदान पुग्न सक्छ ।

कार्यक्रमलाई भब्यरुपमा सफल बनाउन विभिन्न देशबाट आउने अतिथिहरुलाई बसोबासका लागी अनलाइन होटल बुकको व्यवस्था पनि आयोजकले गरेको छ भने उक्त कार्यका लागी बिभिन्न समिति, उपसमिति तयार गरिएको पनि एनआरएन लक्जमवर्गका प्रवक्ता बालहरी राईले बताउनु भयो ।

स्मरण रहोस युरोपिन युनियनको स्थापना लक्जमवर्गबाट सुरुभएको हो ।