विज्ञान तथा प्रविधि विषयमा अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्र निर्माणका लागी एक खर्ब ३४ अर्व

प्रकाशित मिति - मङ्लबार, जेष्ठ १५, २०७५

                               

काठमाडौँ, १५ जेठ | सरकारले विज्ञान तथा प्रविधि विषयमा अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्ने गरी मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा आव २०७५/७६ को आयव्ययको विवरण प्रस्तुत गर्दै वैज्ञानिक अनुसन्धान तथा प्रविधिको विकास गरी आधुनिक नेपालको निर्माण कार्यसमेत अघि बढाइने उल्लेख गर्नुभयो ।

त्यस्तै पारमाणविक प्रविधि र आयनीकृत विकीरणको सुरक्षित प्रयोग तथा त्यस्ता विकीरणबाट पर्न सक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको जीउधनको सुरक्षा गर्न पारमाणविक पदार्थसम्बन्धी कानून तर्जुमा गरिनेछ ।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा रु एक खर्ब ३४ अर्व ५० करोड ८७ लाख रकमसमेत विनियोजन गरेको छ ।