भारतीय विदेशमन्त्रीको आपत्तिजनक अभिव्यक्ति, जनकपुर भारत हो [भिडियो]

प्रकाशित मिति - मङ्लबार, जेष्ठ १५, २०७५

                               

भारतीय विदेशमन्त्री शुष्मा स्वराजले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको जनकपुरबाट भारतीय नागरिकलाई संबोधन गरेको भन्दै आत्तिजनक अभिव्यक्ति दिएकी छिन । विदेश मन्त्रालयमा सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले भारत सरकारको ४ वर्षको उपलब्धीसम्बन्धी पुस्तक विमोचन गर्दै उनले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं भारतीय समुदायलाई सम्बोधन गर्नु भारतीय कुटनीतिमा असाधारण सफलता रहेको बताएकी छन् । प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर संबोधन गर्ने नरेन्द्र मोदी पहिलो प्रधानमन्त्री बनेको उनले दाबी गरेकी छिन । भारतीय विदेश मन्त्रालयको फेसबुक पेजमा रहेको भिडियोको ९.४० मिनेट पछि स्वराजको उक्त भनाई हेर्नु सकिन्छ ।

स्वराजको उक्त भिडियोको सानो क्लिप यहि तल हेर्न सक्नु हुन्छ । स्वराजको आपतिजनक अभिव्यक्तिलाई लिएर नेपाल सरकारले तुरुन्त भारत सरकारसंग वार्ता गरेर नेपालको भूभाग र देशको प्रतिष्ठामा उठेको अहम सवालको बारेमा स्प्रष्टिकरण माग्नु पर्छ । भारतीय विदेश मन्त्रि स्वराज सत्यतथ्य र तथ्यांकसहित बोल्ने बक्ताको रुपमा परिचित छिन । उनको यो अभिव्यक्ति भुलबस आएको मानु सकिदैन । यहाँ स्मरणीय छ मोदीको जनकपुर भ्रमण हुदाखेरि सत्तारुढ बिजेपीकै सांसद कृति आजादले जनकपुरलाई भारतमा मिलाउनु पर्ने विवादित अभिव्यक्ति दिएका थिए ।

इतिहासकै बलियो सरकारको मानिएको वर्तमान ओली सरकारले यो बिषयलाई कसरी डिल गर्छ आम चासोको बिषय बनिने निश्चित छ । आजदको अभिव्यक्ति लिएर पनि ओली सरकारले खासै कडा अडान नलिएको स्मरणीय छ ।

हेर्नुस भिडियो