सांसदको आरोप -‘ नेपाली कांग्रेस प्वाँख झरेको कुखुरा भयो’

प्रकाशित मिति - सोमवार, जेष्ठ १४, २०७५

                               

सुर्खेत । कणाली प्रदेश सांसद जीवनबहादुर शाहीले नेपाली कांग्रेस प्वाँख झरेको माउजस्तो भएको बताएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघको सातौं जिल्ला अधिवेशनमा बोल्दै शाहीले भर्खरै चल्ला कोरेको माउले चल्लालाई ओत दिएर संरक्षण गर्नुपर्ने ठाँउमा आफैँ प्वाँख झरेर संरक्षण गर्न नसक्ने अवस्थामा पार्टी पुगेको बताएका हुन् ।

पार्टीका नेताहरूलार्इ व्याङग्य गर्दै शाहीले अरुका कारण नभई आफ्नै कारणले चुनावमा हार व्यहोर्नु परेको उल्लेख गरे । माउपार्टी कमजोर हुँदा पार्टीका सबै संरचनाहरु कमजोर भएकाे बताउदै शाहीले भने ‘पार्टीका कार्यकर्ताहरुले एक अर्कामा दोषारोपण नगरी सबै तहका नेताहरुले निर्वाचन परिणामको जिम्मेवारी लिनुपर्छ ।’

कांग्रेसजनहरुमा निराशा उत्पन्न भयो’ शाहीले भने,‘पार्टीलाई मजबुत बनाउन नेताहरु एक ढिक्का हुनुको विकल्प छैन् ।’ शाहीले आफु पर्यटन मन्त्री र गगन थापा स्वास्थ्य मन्त्रीहुँदा नै स्वास्थ्य स्वंयमसेविकाको जिविकोपार्जनलाई सहज तुल्याउन प्रयास गरिएको स्मरण गराए ।

‘स्वंयकसेविकाको हितमा कार्यक्रम ल्याएपनि ९ महिनामै सरकार छोड्दा प्रयासले निरन्तरता पाएन’ शाहीले थपे,‘पछिल्लो सरकारले आफूहरुले ल्याएका कार्यक्रम ओझेलमा पार्दा स्वयंसेविकाको माग पुरा हुन सकेन् ।’ पार्टीको केन्द्रीय सदस्य समेत रहेका शाहीले प्रदेश भौगोलिक विकटताभन्दा जनसङ्ख्यालाई आधार बनाएर बजेट ल्याए कर्णाली प्रदेशको समृद्धि सम्भव नहुने दावी गरे ।

पञ्चहरुका कारण पञ्चायत ढलेको बताएका सांसद हिमबहादुर शाहीले कम्यूनिष्टहरुकै कारण कम्यूनिष्टको सरकारको पतन हुने दावी गरे । पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले अरुलाई सम्मान गर्न सिके काँग्रेसलाई घाटा नहुने बताए ।

उनले यो प्रदेशबाट निर्वाचित भएका आफ्ना पार्टीका सासंदहरु को–को हुन भनेर चिन्ह समेत कुनै कार्यक्रमको आयोजना गर्न नसक्नु सुर्खेत काँग्रेसको कमजोरी भएको आरोप लगाएका विष्टले आफूले झुकेर सम्मान गरे अरुलेपनि आफुलाई सम्मान गर्ने पाठ सिकाए ।

स्वास्थ्यकर्मी संघ सुर्खेतका अध्यक्ष राजेश बुढाले आफ्नो कार्यकालको प्रतिवेलन पेश गरेका थिए । उद्घाटन सत्रमा स्वास्थ्य पत्रकार समुहका अध्यक्ष श्रीधर पौड्याल लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।