प्रधानमन्त्री ओलीले देखेको समृद्धिको सपनामा हामी कहाँ

प्रधानमन्त्री बन्न साथ वाक पटुताका माहिर ओलीले विभिन्न समृद्धिका सपना देखाई आम जनता बर्षौ देखी छाएको निराशालाई आशामा बदल्ने कोसिस गरे ।
खेमराज दाहाल

प्रकाशित मिति - मङ्लबार, जेष्ठ १५, २०७५

                               

मुलुकमा संविधान घोषणा भए पश्चात २०७२ साल असोज २४ गते केपी ओली नेपालको ३८ प्रधानमन्त्री भए । भारतले नेपालको संविधानलाइ लिएर नाका बन्दी गरेको बेला प्रधानमन्त्री बनेका ओलीले आम जनताको अपेक्षा बमोजिम भारतको नाकाबन्दीको खुलेर बिरोध गरे जुन नेपालको राजनीतिक इतिहासमा मुलुकको कार्यकारी तहबाट त्यसरी भारतको हस्ताक्षेपको बिरुद्ध बोलेको पहिलो थियो । ओलीले त्यति मात्र गरेनन उत्तरी छिमेकी मुलुक चिन संग ऐतिहासिक पारवाहन सम्झौता पनि गरेर नेपालको भारत संगको एकतर्फी परनिर्भरतालाई पनि तोड्न हिम्मत गरे ।

प्रधानमन्त्री बन्न साथ वाक पटुताका माहिर ओलीले विभिन्न समृद्धिका सपना देखाई आम जनता बर्षौ देखी छाएको निराशालाई आशामा बदल्ने कोसिस गरे । सम्भाव्यता अध्ययन सम्म नभएका विभिन्न योजनाहरु देखाएर जनतामा एक किसिमको उत्साह पैदा गरे । चिनिया रेल चिनिया पेट्रोल देखि लिएर हिन्द महासागरमा आफ्नै देशको झण्डा सहितको पानि जहाजको सपना देखाएर आम नागरिकलाइ रनभुल्लमा पारे ।

संविधान घोषणा पश्चात संविधानका केहि अन्तरबस्तु संग असन्तुष्ट बनेका मधेशवादीदलहरु संविधान संसोधन लगायतका मुद्दा लिएर आन्दोलनरत थिए । ति दलहरु संग अनुदार देखिएका ओली नपाली राष्ट्रियतालाइ लिएर निकै गम्भीर देखिए झैँ भए । मुलुकको एक तिहाई जनताबाट जाररी संविधानलाई लिएर असन्तुष्ट देखिदा मुलुकै जनता संग अनुदार देखिने ओलीबाट जारि संबिधानको कार्यन्वयन हुने कुरा असम्भव जस्तै देखियो । त्यस बेला सत्तासाझेदार तत्कालिन माओबादीले प्रधानमन्त्री सामु अविश्वासको मत हालेर केपी ओलीको समृद्धिको सपनालाइ तुहाई दिए ।

प्रधानमन्त्री बन्न साथ वाक पटुताका माहिर ओलीले विभिन्न समृद्धिका सपना देखाई आम जनता बर्षौ देखी छाएको निराशालाई आशामा बदल्ने कोसिस गरे ।

तत्कालिन नेकपा माओबादी केन्द्र र नेपालि कांग्रेसले सहमतीय आलोपालोको सरकार निर्माण गरे । संबैधानिक ब्याबस्था अनुरुप मुख्य निर्बाचन गराउने उदेश्य सहित बनेका उक्त दुइ सरकार (पुष्पकमल दाहाल र शेर बहादुर देउवा )ले तिनै तहको निर्बाचन सम्पन्न गराए । यसै निर्बाचनले केपी ओली लाइ फेरीदोस्रो पटक इतिहासकै सबैभन्दा शक्तिशालि प्रधानमन्त्री हुने अबसर जुराइदियो र २०७४ साल फागुन ३ गते दोस्रो पटक बने ।

दोस्रो पटक प्रधानमन्त्री बने पछी प्रधानमन्त्री केपी ओलीले सबैभन्दा बडी उच्चारण गर्ने शब्द भनेको समृद्धि भएको छ । उनि प्राय आफ्ना कार्यक्रमहरुमा मन्तब्य राख्दा समृद्धि भन्ने शब्द भन्न छाड्दैनन । तर ओलीका लागि समृद्धि भनेको सिर्प भारत देखिको भारतीय रेल काठमाडौं सम्म ल्याउनु, चिनिया रेललाई भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी हुदै काठमाडौं जोड्नु र नेपालको आफ्नै झण्डा सहितको पानि जहाज हुनु मात्र हो ।

यसो हुदा केपी ओलीले देखेको समृद्धिको सपनामा आम नागरिकको सपना जोडिदैन । २०१५ सालमा नेपालि कांग्रेसका संसाथापक नेता बिपी कोइरालाले भन्नु भएको समृद्धि भन्दा अहिलेको हाम्रो नेपाली समाज पनि खासै फरक देखिन्दैन । आजपनि मुलुकका आधा जनसंख्या गरिबीको रेखामुनी छन् । कसैको बस्ने बस छैन भने बास हुनेको हल गोरु नार्ने एक फोगटो जग्गा छैन । झाडा पखाला जस्तो सामान्य बिरामले नागरिकले ज्यान गुमाउन परेको छ । शिक्षाको अबस्था कस्तो भन्ने कुरा आफै प्रधानमन्त्रीले काखी च्यापेर बिद्द्यार्थी भर्ना गर्नुले बुझ्न सकिन्छ ।

आम नागरिकको जिवनस्तर उही बिपीले भनेको अवस्था भएको बेला काठमाडौं केन्द्रित भारतीय रेल, चिनिया रेल र समुन्द्रमा झण्डा सहितको पानि जहाजले कसरि ति निम्न स्तरका जनताको दैनिकी लाइ उकास्न सक्ला ? मुलुक संघियतामा गए पश्चात स्थानीय र प्रदेश सरकार लाइ प्रभाबकारी बनाइ स्थानीय तहबाट नै समृद्धिको जग हाल्न पर्नेमा प्रधानमन्त्री काठमाडौं केन्द्रित बिकासमा जोड दि रहेका छन् । स्थानीय सरकार बनेको एक वर्ष बितीसक्दा पनि ति सरकारहरुले प्रभावकारी नियम कानुन र कर्मचारीको अभाब झेली रहनु परेको छ । यस्तो हुदा स्थानीय सरकार भए पनि जनताले त्यसको अनुभव गर्न सकेका छैनन् ।

आम जनताको अपेक्षा बमोजिम भारतको नाकाबन्दीको खुलेर बिरोध गरे जुन नेपालको राजनीतिक इतिहासमा मुलुकको कार्यकारी तहबाट त्यसरी भारतको हस्ताक्षेपको बिरुद्ध बोलेको पहिलो थियो ।

समृद्धि शब्द जति पटक दोहोर्याए पनि जनताले त्यस बाट प्रत्यक्ष फाइदा लिन नसक्ने हो भने समृद्धि शब्दको अर्थ हुदैन । काठमाडौंमा चिनिया रेल आएर प्रदेश १ को नागरिकले के अर्थमा ओलीको समृद्धिलाइ समृद्धि मान्ने ? दैनिक १५०० भन्दा माथि बैदेशिक रोजगारीको लागि युवाहरु विदेशिने गर्दछन तिनिहरुलाई स्वदेशमा रोक्न केपी ओलीले देखेको समृद्धि सपनाले सक्दैन । नेपालमा रेल चड्न नपाएर युवा बिदेशिएका अवश्य हैनन् । देशमा रोजगार को ग्यारेन्टी नहुनु र दक्षता अनुसारको कामको अभाव हुनु हो । ओलीले देखेको समृद्धिको सपनाले ति दुवै कुराको सम्बोधन गर्न सक्दैन ।

हाम्रो देश कृषि प्रधानदेश भएर पनि कृषिमा नै दोस्रो मुलुकबाट आश्रीत हुन परेको छ । केपी ओलीको समृद्धि सपनामा कृषिलाइ खासै महत्व दिएको देखिन्दैन । आम नागरिकको जिबनमा प्रत्यक्ष असर राख्ने कुरा कृषि नै ओलिको समृद्धि को सपनामा नदेखिनुले आम नागरिकको जिवन स्तरमा अपेक्षाकृत फाइदा हुने देखिन्दैन ।