हामी कुनै पनि शर्तमा अहिलेको ओली सरकार कम्जोर पार्न चाहदैनौ: प्रचण्ड [विशेस कुराकानी भिडियो]

”दुई बाम पार्टीको एकता भ्रान्ति हैन बरु मुलुकलाई समाजबादतिर लाने बाटो हो !”
अजय बिश्वाश

प्रकाशित मिति - मङ्लबार, जेष्ठ ८, २०७५

                               

ससस्त्र १० बर्षे जनयुद्धका सर्बोच्च कमान्डर, नेकपा माओबादी पार्टीका अध्यक्ष, एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओबादीका अध्यक्ष र अन्तिममा उही पार्टी तर फरक नाम अर्थात् माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७५ ज्येस्ठ ३ गतेदेखि पुष्पकमल दाहालमात्र भएका छन् । किनकि अब उनलाई “प्रचण्ड” को आवश्यता नै छैन । दुई बाम पार्टी माओबादी केन्द्र र एमालेको एकतापछि दाहाल र ओली समान रुपमा अध्यक्ष भएका छन । बिशौं हजार नेपाली आमाका सन्तानहरुको बलिदानको धरातलमा टेकेर गणतान्त्रिक मुलुकको पहिलो प्रधान मन्त्री समेत भएका दाहाललाई माओबादी केन्द्रलाई एमालेमा बिलय गराउने त्यस्तो के आपत वा बाध्यता आइलाग्यो ? यो आम जनमानसको मन मस्तिष्कमा उब्जिरहेको प्रश्न हो । जब जनयुद्धको मूल्य र मान्यतालाई लत्याउनु नै थियो भने जनयुद्ध गर्नु पर्ने आबश्यकता नै किन पर्यो त ? आज हरेक नेपालीले यही प्रश्नको जवाफ खोजिरहेका छन तर नवगठित नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइनका अध्यक्ष पुष्पकमल दाहाल के भन्छन त ? कान्तिपुर टेलिविजनसंग कुरागर्दै दाहाल भन्छन-

प्रचण्डको यात्रा क्रान्ति: गन्तब्य भ्रान्ति भन्ने तपाईले बनाउनु  भएको नारा मलाइ ठिक लागेन बरु यात्रा क्रान्ति: शान्ति र समृद्धि भन्नु भएको भए ठिक हुने थियो ।

म के कुरा स्पष्ट पार्न चाहन्छु भने चाहे प्राकृतिक कुरा हुन, चाहे राजनीतिक वा सामाजिक घटनाका कुरा नै किन नहुन, ती एकै नासका हुदैनन्. ती सुधार र गुण दुवै रुपमा हुन्छन । जब नेकपा एमालेको जन्म हुँदै थियो र माओबादी केन्द्रको जन्मको अवस्था हेर्नु भयोभने एउटा ज्यादै नै उग्र र हतियार उठाइरहेको थियो भने अर्को सुधारवादी, संशोधनाबादी र भ्रन्तिको आरोप चलिरहेको थियो । अर्को एक दशक एकापसमा रुपान्तरणको स्थिति आएको जस्तो देखिन्छ । एमाले माओबादी भएजस्तो, माओबादी एमाले भएजस्तो देखिन्छ । एक दशक एक अर्कालाई आरोप लगाउने गरियो र अर्को जनयुद्धको दशक रह्यो । यो अनौठो हैन, परिवर्तनको प्रक्रियासंगै भएको छ ।

“नेपाललाई विकास र समृद्धिको बाटोमा लैजानको लागि प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री हुने दाहालको चाहना यस्तो छ !”

२००६ सालमा कम्युनिस्ट पार्टी गठन हुँदा क्रान्तिकै कुरा गरिएको छ र निश्चित परिस्थितिमा बल प्रयोगकै कुरा गरिएको छ. कम्युनिस्टहरुको मात्रै कुरा हैन, बीपीकै नेतृत्वमा पनि हतियार त् उठाएकै हो । आफूलाई सबैभन्दा बढी प्रजातान्त्रिक ठान्ने पार्टीले पनि, कम्युनिस्टहरुको भन्दा भिन्न सिद्धान्त बोकेर हिन्नेहरुले पनि नेपालमा हतियार उठाएको उदाहरण छ । २००७ सालदेखि यहाँसम्म आइपुग्दा पनि सशश्त्र क्रान्तिकै तरिकाले पनि नयाँ गोरेटोतिर लान सकिने अवस्था छ त्यसैले अब हामी समाजबादतिर  जाने हो, हामी समृद्धि तिर लाग्ने हो ।

”दुई बाम पार्टीको एकता भ्रान्ति हैन बरु मुलुकलाई समाजबादतिर लाने बाटो हो !”

कम्युनिस्ट आन्दोलन भनेको  अन्तरास्ट्रिय आन्दोलन हो तर कम्युनिस्ट आन्दोलनको राष्ट्रिय आयाम पनि हुन्छन. संसारभरी जहाँ पनि कम्युनिस्ट आन्दोलन वा बहस भए त्यसको धेरथोर प्रभाव नेपालमा पनि पर्छ । मार्क्सबादलाई विज्ञानको रुपमा स्थापित गर्न मार्क्सले जुन प्रयास गर्नु भयो उहाँ रिजिड भएर एउतै कुरामा टाँसिएर बस्नु भएन ।

नेपालको कम्युनिज्म पनि सत्तासंगे जोडिएको छ । सत्ता बाहेक अरु सबै इल्युजन हुन्छ भन्ने हुन्छ. सत्ता र क्रान्ति एकै किसिमले हुन्छ भनेर मार्क्सले पनि भनेका छैनन् । लेनिनले त् क्रान्ति देश काल परिस्थिति अनुसार हुन्छ भनेर भनेका छन् । त्यसैले हरेक देशमा क्रान्तिको एउटा मोडेल हुन्छ भन्ने हुदैन । नयाँ नेपाल नेपाल कम्युनिस्ट पार्टी मार्फत नेपाललाई समृद्धिको बाटोमा लैजाने सोंचमा छौं ।

नेपालको जनमत कम्युनिस्टप्रति  अत्याधिक  छ । अत्याधिक   जनमत कम्युनिस्टप्रति केन्द्रिकृत छ. हामीले कसैको पनि कपि गरेका छैनौ. हामीकहाँ जुन लोकतान्त्रिक प्रजातान्त्रिक सिष्टम छ त्यो कम्युनिस्टहरुले  लडाई गरेर प्राप्त गरेको सिस्टम हो । नेपालमा धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र जे आयो ती सबै कम्युनिस्टहरुले नै बलिदान गरेर आएको हो । त्यसैले क्युबा वा भेनेजुएलामा जस्तो यहाँ मासाकार हुन् सक्दैन ।

शान्ति प्रक्रियामा आउँदा होस्, सेना समायोजनको कुरामा होस् वा हतियार ब्यबस्थापनको कुरा गर्दा होस् केही साथीहरु परम्परागत किसिमले नै जाउँ भन्ने पनि थिए । मैले आजै सेना समायोजना गर्नु पर्छ । भोलि भन्यौं भने नेपालमा ठूलो दूर्घटना हुन् सक्छ, प्रत्येक क्यान्टोन्मेन्टमा  मानिस मारिन सक्छन भनेर मैले बुझिसकेको थिए ।

पार्टी एकता ३ गते नै गर्नुपर्छ त्यो भन्दा अघि पनि पार्टी एकता गर्न सकिने अवस्था थिएन र त्यो भन्दा पछी गर्दा पनि ढिलो हुन सक्ने स्थिति थियो. त्यसैले सही समयमा सही काम गर्नुपर्छ भन्ने मेरो बुझाइ हो । त्यसैले दुई बाम पार्टीको एकता भ्रान्ति हैन बरु समाज र राष्ट्रलाई पनि समृद्धितिर लाँदै समाजबाद्तिर जाने बाटो हो । पार्टी एकतापछि म दोश्रो बरियतामा परें भनेर भाबुक भएको हैन ।

प्रचण्डको भित्रि त्रासको कारणले पार्टी एकता भयो भन्ने कुरा बिल्कुल हैन । मभित्र सशश्त्र आन्दोलनको त्रास रत्तिभर पनि छैन भन्ने कुराको प्रतिक नै दुई पार्टीको एकता हो । जनयुद्धको एजेन्डालाई छाडेको हैन बरु जनयुद्धलाई संघीय गणतन्त्रमा परिवर्तन गरेर आफ्ना एजेन्डा राष्ट्रिय एजेण्डाको रुपमा हेर्ने हामीलाई गौरब प्राप्त भयो भनेर किन नहेर्ने ?

दुई पार्टी मिलेर एउटा भएको स्थितिमा पार्टी चलाउने मान्यता अनुसार जरुरी अनुसार प्रधानमन्त्री वा अध्यक्ष फेरेर जान सकिन्छ, हिजोका दिनमा यस्तो भनियो भनेर हुँदैन । अब पार्टीले निर्णय गरेर जान्छ, देशमा अस्थिरता हुने दिदैन् । त्यसका लागि प्रधानमन्त्री रोटेट हुनुपर्छ भन्ने छैन । हामी कुनै पनि शर्तमा सरकार कम्जोर पार्न चाहदैनौ र पार्टीलाई अस्थिर बनाउन चाहदैनौ ।

नेपाललाई तीब्र गतिमा विकास र समृद्धिको बाटोमा लाने मेरो प्रबल इच्छा छ त्यसका लागि प्रत्यक्ष निर्बाचित कार्यकारी हुनुपर्छ उसले मात्र यो देशलाई गति दिन सक्छ भन्ने मलाइ लाग्छ। प्रस्तुति- अजय बिश्वाश

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको विचार सबै जान्नका लागि भिडियोमा क्लिक गर्नुहोस्