‘सेक्सी’ शिक्षिकासँग प्रध्यानाध्यापक, शिक्षक र पिउनको नजर कथामा बन्यो ‘कुम्भ करण’, ट्रेलर सार्वजनिक

प्रकाशित मिति - सोमवार, जेष्ठ ७, २०७५

                               

युवाहरूको टिमले निर्माण गरेको नेपाली फिल्म ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक भएको छ ।

आकाश पलद्वारा निर्माण गरिएको ‘कुम्भ करण’को ट्रेलर आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरेर रिलिज गरिएको हो । दीपक ओलीद्वारा निर्देशन गरिएको फिल्म ‘कुम्भ करण’को निर्माता चित्रबहादुर घर्ती मगर र क्षितिज बस्नेत हुन् ।

‘कुम्भ करण’मा महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको छ । मिलन श्रेष्ठको सम्पादन, हरि लामा घलेको छायांकन, सुरेश बसेलको कोरियोग्राफी र गोविन्दमधुर आचार्यको संगीत फिल्ममा रहेको छ ।

फिल्ममा भोलाराज सापकोटा, नीशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा एउटै विद्यालयमा पढाउने शिक्षिकासँग प्रध्यानाध्यापक, शिक्षक र पिउनको आकर्षणको कथालाई राखिएको छ । कमेडी र सस्पेन्स कथामा निर्माण गरिएको निर्देशक ओलीले बताए । ‘कुम्भ करण’ असार २२ गतेबाट रिलिज हुनेछ ।