राष्ट्रकवि घिमिरे अस्वस्थ, ग्राण्डी अस्पतालमा उपचार हुदै

प्रकाशित मिति - सोमवार, जेष्ठ ७, २०७५

                               

काठमाडौँ, ७ जेठ | राष्ट्रकवि माधवप्रसाद घिमिरे डेढ सातादेखि अस्वस्थ हुनुहुन्छ ।

आन्तरिक रक्तश्राव भएपछि उहाँको ग्राण्डी अस्पतालको सघन कक्षमा राखी उपचार भइरहेको उहाँकी बुहारी अर्चनाले जानकारी दिनुभयो ।

उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनान्सय वर्षीय राष्ट्रकवि पछिल्लो समय बढी अस्वस्थ्य हुँदै आउनुभएको छ ।