राष्ट्र र राष्ट्रियताकै भद्दा मजाक बनाएको आरोपमा दमकको सुर्योदय अंग्रेजी बोर्डिङ स्कुलमा लाग्यो ताला

दमक नगरपालिकाको शिक्षा समितिले गत सोमवार नै बिद्यालयको अनुगमन गरि २४ घण्टे स्पष्टिकरण सोधेको थियो ।
समाचार घर

प्रकाशित मिति - बुधबार, जेष्ठ २, २०७५

                               

दमक, २ जेठ | झापाको दमक–६ स्थित सुर्योदय अंग्रेजी बोर्डिङ स्कुलमा नेकपा एमाले निकट युवा संघ झापाले तालाबन्दी गरेको छ ।

बिद्यालयले बिना स्वीकृत भारतीय पाठ्यपुस्तकहरु पठनपाठन गराएर राष्ट्रियता माथि चुनौती दिएको भन्दै युवा सघंका कार्यकताहरुले बुधबार विहान विद्यालयमा ताला लगाएको हो । तालावन्दी गरिएपनि स्कुलको शैक्षिक पठनपाठन भने प्रभावित नगरिने संघले जनाएको छ ।

युवा सघंले बिद्यालयको प्रशासन र प्रधानाध्यापकको कार्यकक्षमा ताला लगाएको युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले बताए । उनले राष्ट्रिय हित विपरीत विद्यालयमा शैक्षिक पाठ्यपुस्तकहरु पढाएकाले तालावन्दी गर्नुपरेको जिकीर गरे ।

तालाबन्दी पछि संघले विज्ञप्ति निकालेर नेपालको स्वभिमानमा आक्रमण नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउदै आफूहरुको सहमति बिना ताला नखोल्न पनि बिद्यालय प्रशासनलाई कडा चेतावनी दिएको छ ।

त्यस्तै संघले स्कुलमा कार्यरत बिदेशी शिक्षकहरु निकाल्नु पर्ने र राष्ट्रिय स्वभिमानप्रति पुर्याँएको आघातप्रति नेपाली जनतासंग माफी माग्नु पर्ने माग गरिएको उल्लेख छ ।

अभिभावकहरुका अनुसार चालु शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मका दुई वटा पुस्तकमा भारतीय संस्कृतिमूलक पाठ्यसामग्रीहरुमा भारतकै झण्डा, प्रधानमन्त्री उल्लेख गरेको पाईएपछि घटना सार्वजनिक भएको थियो ।

तर यता बिद्यालयले भने आफूबाट भएको गल्ति स्वीकार्दे भारतीय पाठ्यपुस्तकहरु पठनपाठनमा पूर्ण रुपमा रोक लगाइएको प्रिन्सीपल म्याक्डोनिया सिंहले बताईन् ।

दमक नगरपालिकाको शिक्षा समितिले गत सोमवार नै बिद्यालयको अनुगमन गरि २४ घण्टे स्पष्टिकरण सोधेको थियो । स्कुलले समितिलाई सोहि अवधिमा स्पष्टिकरण बुझाईसकेको प्रिन्सीपल सिंहले बताईन् । विगत ३२ बर्ष सञ्चालनमा रहेको सो शैक्षिक संस्थामा हाल नर्सरीदेखि कक्षा १२ सम्म पठनपाठन हुदै आएको छ ।

यो पनि हेर्नुहोस,

दमकको सूर्याेदय बोर्डिङ स्कुलमा भारतको झन्डा हाम्रो र प्रधानमन्त्रीको नाम मोदी पढाइदै, सिधाकुरामा हेर्नुहोस भिडियो

झापाको दमकमा रहेको सुर्योदय बोर्डिङ स्कूले गर्यो राष्ट्रियतामा गम्भिर खेलवाड, हाम्रो देश भन्दै भारतीय राष्ट्रियता पढाउदै भिडियो सहित