झापाको दमकमा रहेको सुर्योदय बोर्डिङ स्कूले गर्यो राष्ट्रियतामा गम्भिर खेलवाड, हाम्रो देश भन्दै भारतीय राष्ट्रियता पढाउदै भिडियो सहित

बिद्यार्थीहरुलाइ आफून मदरल्याण्ड अर्थात जन्मभूमि भारत भनेर पडाउने गरेको र राष्ट्रिय झण्डा सहित सबै भारतको नै उल्लेख भएका कितावहरु पढाउने गरेको पाईएपछि यसले दमकमा तरंग मच्चाएको छ ।
विष्णुप्रसाद पोखरेल

प्रकाशित मिति - सोमवार, बैशाख ३१, २०७५

                               

दमक | भारतीय नागरिक प्रीन्सिपल रहेको झापाको दमक स्थित सुर्योदय बोर्डिङ स्कूले नेपालको राष्ट्रियतामा गम्भिर खेलवाड गरिहेको पाईएको छ । स्ूकलले भारतीय पुस्तहरु पढाउने गरेको र त्यहाँ आफ्नो देशको झण्डा, राजधानी, राष्ट्रपतिको नाम सबै भारतीयहरु नै रहेको छ । यहि पुस्तक नै पढाउदै आएको पाईएको हो ।

बिद्यार्थीहरुलाइ आफून मदरल्याण्ड अर्थात जन्मभूमि भारत भनेर पडाउने गरेको र राष्ट्रिय झण्डा सहित सबै भारतको नै उल्लेख भएका कितावहरु पढाउने गरेको पाईएपछि यसले दमकमा तरंग मच्चाएको छ ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारी सहितको टोलीले सोमबार बिहान अनुगमन गर्दा भारतीय पुस्तक पढाउदै आएको पाइएको र त्यो रोक्न निर्देशन दिईएको पाईएको छ । अधिकारीले बिद्यालयबाट कमजोरी भएको पाईएको र सच्याउने प्रतिबद्धता आएको जनाइन् ।

दमक नगर शिक्षा अधिकारी शालिकराम काफ्लेले बिद्यालयलाइ २४ घण्टे स्पष्टिकरण काटिएको जनाए । उनका अनुसार यो पुस्तक अनुमति बिना पढाईएको बिषयमा स्पष्टिकरण मागिएको र त्यसपछि थप कार्वाही अघि बढ्ने जनाए ।

नेवि संघ झापाका अध्यक्ष रोशन बिष्ठले यस बिषयमा गम्भिर हुन आग्रह गर्दै अन्यथा आन्दोलनमा उत्रने चेतावनी दिए । उनले यो स्कूल तत्काल बन्द गरेर कार्वाही अघि बढाउनु पर्ने बताए ।

बिद्यालयकी प्रीन्सिपल म्याकडिलिङ सिंहले आफूहरुको कमजोरी भएको र यस बिषयमा स्थानीय सरकार नगरपालिकासंग कुरा भइसकेको बताइन् ।

शुरुमा पत्रकारहरुसंग बोल्न नचाहेकी उनले यो कुरा बाहिर नल्याइदिन र ल्याएपनि सकारत्मक ल्याइदिन भन्दै आग्रह गरेकी थिइन् । उनले भिडियो समेत नखिच्न आग्रह गरेपनि सञ्चारकर्मीहरुले सार्वजनिक चासो र सरोकारको बिषय भन्दै त्यस्तो नहुने बताएका थिए ।