रिलिज भयो नेपाली चलचित्र ‘हैरान’को गीत (भिडियोसहित)

प्रकाशित मिति - शुक्रबार, बैशाख २८, २०७५

                               

काठमाडाै, २८ वैशाख ।नेपाली चलचित्र ‘हैरान’ मा समावेश गीत रिलिज भएको छ । गीतमा चलचित्रका मुख्य कलाकारहरु गजित विष्ट, निश्मा घिमिरे, मोहमद वशिम राजा र आरोही शर्मा फिचर्ड छन् ।

गीतमा स्वरूप राज आचार्य र दुर्गा परियारको स्वर रहेको छ भने यसमा शान्तिप्रियको शब्द र सन्तोष श्रेष्ठको संगीत छ । गीतलाई गम्भिर विष्टले निर्देशन गरेका छन् ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भैरहेको चलचित्रलाई कमेडी र एक्सन जनरमा तयार पारिएको छ । डेब्यु फिल्म ‘लभ यु बाबा’ मार्फत नै सौगात विश्वका कान्छा निर्देशक घोषित भएका थिए ।चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, शिशिर भण्डारी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।

चलचित्र जेठ ४ मा रिलिज हुनेछ ।

-बाह्रखरीबाट