कार्ल मार्क्सको दुई सयौँ जन्मजयन्ती: यस्तो थियो उनको बाल्यकाल र स्कुले जीवन

एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो ।
समाचार घर

प्रकाशित मिति - शनिबार, बैशाख २२, २०७५

                               

कार्ल हेन्रिक् मार्क्स ९५ मे १८१८ ९ १४ मार्च १८८३० एक प्रसिद्ध दार्शनिक, राजनैतिक अर्थशास्त्री, इतिहासकार, राजनैतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी व्यक्तिको नाम हो । जसको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म)को जन्म भएको हो्र कार्ल मार्क्सले १८४८मा प्रकाशित कम्युनिष्ट घोषणा पत्र (The Communist Manifesto)को प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन्, अहिले सम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो ू” The history of all hitherto existing society is the history of class struggles.” मार्क्सले तर्क दिएका छन्, ूपुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ्र जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूंजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ ।

कार्ल मार्क्स जातीय रुपमा यहूदी थिए । उनका हजुर बा मार्क्स लेवी ट्रर शहरको यहूदीहरुका पुरोहित थिए । त्यस्ता पुरेतलाई रब्बी भन्ने गरिन्थ्यो । मार्क्सका हजूरबाको मृत्यु सन् १७६८ मा भएको थियो । उनकी हजुरआमा इबा मार्क्स मोजेज परिवारमा जन्मिएकी थिइन । मार्क्स सात वर्षको हुँदा उनी हजुरआमाको मृत्यु भएको थियो । एक शताब्दीभन्दा बढी समयदेखि हजुरआमाको वंश यहूदीहरुको पुरेत हुँदै आएको थियो । यप्रकार कार्ल मार्क्सको जन्म एउटा कट्टर ब्राम्हण अर्थात् पुरोहितको वंशमा भएको थियो भन्न सकिन्छ । तर पनि कार्ल मार्क्स त्यस्तो कट्टरतामा फेला परेका थिएनन् ।

मार्क्सका हजुरबा मार्क्स लेवीले पछि गएर आफ्नो नामको अगाडि लेवी भन्ने शब्द हटाइदिए । त्यसपछि उनका सन्तानहरुमा केवल मार्क्स शब्दले नै थरको रुप लियो । मार्क्सका हजुरबाका सामुएन र हर्शल तथा अरु थुप्रै सन्तानहरु भए । ती सबैको विद्यासँग बढी सम्बन्ध थियो । स्यामुएल मार्क्सका काका थिए । मार्क्स ११ वर्षको हुँदा उनी मरे । मार्क्सको पिता हर्सल मार्क्स सन् १७८२ मा जन्मिएका थिए र सन् १८३८ मार्क्स बीस वर्षका हुँदा उनका पिताको मृत्यु भएको थियो । सन् १८२४ मा मार्क्स अलिअलि कुरा बुझ्ने भइसक्दा, उनका पिता हर्सलले यहूदी धर्म छोडेर इसाई धर्म लिएका थिए ।

इसाई भएपछि मार्क्सका पिताको नाम पनि हेनरिख मार्क्स भएको थियो । पछि गएर हेनरिख भएका हर्सन मार्क्सकी पत्नी हेनरिटा हलैण्डका एक यहूदीकी छोरी थिइन् । उनका बा–हजुरबा एक शताब्दीअघिदेखि नै यहूदीका रब्बी अर्थात् गुरु पुरोहित हुँदै आएका थिए । मार्क्सकी आमा हेनरिटा सन् १८६३ मा बितिन् । त्यसबेला कार्ल मार्क्स आफ्नो क्रान्तिकारी काममा पूरापूर जुटिसकेका थिए । आमाको दैनिक घरायसी जीवनमा मार्क्सले त्यति सहायता गर्न सकेका थिएनन् । तैपनि उनी आमालाई निक्कै स्नेह र आदर गर्दथे । मार्क्सका अरु भाइबहिनीहरु पनि थिए । मार्क्सका तीनवटी बहिनीहरुमा एउटी वकीलकी पत्नी एमीली, अर्की बहिनी कोनराडी इन्जिनियरकी पत्नी थिइन् । सन् १८३० देखि १८३५ सम्म माक्र्सले ट्रीर जिम्नेसियम स्कुलमा अध्ययन गरेका थिए । विद्यालय अध्ययनको क्रममा माक्र्सको पेशा छनोटको बारेमा एक किशोरको विचार शिर्षकको निबन्धमा किशोर माक्र्सको वौद्धिक प्रतिभा प्रतिविम्वित भएको थियो । उक्त निबन्ध प्रबोधन कालको प्रगतिशील विचारबाट प्रभावित थियो । माक्र्सको निबन्ध सहपाठीका निबन्ध भन्दा निकै गहकिला थिए । माक्र्सका सहपाठी निबन्ध लेख्ने कार्य कुनै निस्चित बिषयमा अभ्यास गर्ने कार्य मात्र हो भनी ठान्दथे । तर, माक्र्सका लागि निबन्ध लेखन बौद्धिक बिकासको प्रस्थान विन्दू बनेको थियो ।

माक्र्सका स्कुले निबन्धमा तिव्र बुद्धि र उच्च नैतिक गुणको अभ्यास पाइन्छ । जीवनपथको छनोट गर्दा अहंकार, महत्वकांक्षा, पदलोलुपता जस्ता प्रवृतिले स्थान पाउनु हुँदैन भन्ने माक्र्सको धारणा थियो । बौद्धिक बिकासको क्रममा माक्र्सका विभिन्न रुप देखिएपनि मानव जातिको सेवा भावनामा कहिल्यै बदलाव आएन । मानव जातिको आत्मत्यागमय सेवा गर्नु नै महान वैज्ञानिक, क्रान्तिकारी एवम् सर्वहारा नेताको जीवनको एक मात्र उदेश्य थियो । माक्र्स जीवनका जुनसुकै अवस्थामा पनि एउटै प्रिय वाक्य भन्दथे,मानवजातिका निम्ति परिश्रम गर्नु ।

युवा अवस्थामा मार्क्स

सानोतिनो व्यापार र पुरोहित्याइँ आम रुपमा युरोपमा यहूदीहरुको व्यवसाय रहेको थियो । तर, मार्क्सका पिता हेनरिखले भने त्यस्तो पुरेत्याइँ छोडिसकेका थिए । उनी ट्रीर शहरका एउटा राम्रा वकिल थिए । बाउआमाको जीवन बडो शान्त र सुखमय थियो ।

त्यसैले कार्ल मार्क्सको वाल्यकाल ठूलो स्वतन्त्रता र निश्चिन्ततामा बितेको थियो । तैपनि मार्क्सकी आमा चाहिँ शिक्षादिक्षा र सम्भवतः बुद्धिमा पनि पिछडिएकी थिइन् । उनी जन्मभर टुटेफुटेको जर्मन भाषामात्र बोल्न सक्थिन् । तर बाउआमाको स्नेह र घरको सुखमय वातावरण बालक मार्क्सलाई पुख्र्यौली सम्पत्तिका रुपमा प्राप्त भएको थियो ।

आमाचाहिँ मेरो छोरा पछि गएर ठूलो धनाढ्य व्यक्ति हुनेछ भन्ने सपना देख्थिन् भने बाउचाहिँ लक्ष्मीको भन्दा सरस्वतीका भक्त थिए । आफ्नो छोराको अद्भूत प्रतिभा देखेर उनी अर्कै कल्पना गर्थे । यद्यपि उनी पनि आफ्नो अद्भूत छोरा युग प्रवर्तक हुँदाहुँदै पनि जीवनभर आर्थिक कष्टमा पर्दै प्रतिगामी सरकारहरुद्वारा उत्पीडित भएर अनेकथरि हण्डर खाओस् भन्ने चाहँदैन थिए । कार्ल मार्क्सको आफ्नो परिवारसँग मात्रै स्नेह सम्बन्ध थिएन, आफ्नो मामाघरतिरका नाता सम्बन्धीहरुसँग पनि निक्कै घनिष्ठ सम्बन्ध थियो । विशेषगरी आफ्ना मामा फिलिपसँग उनको निक्कै राम्रो सम्बन्ध थियो ।

त्यसबेला पनि युरोपका अरु ठाउँहरुमा जस्तै जर्मनीमा यहूदीहरुको स्थिति धेरै दयनीय थियो । यो प्रतिभाशाली जातीले कला, ज्ञानविज्ञानका हरेक क्षेत्रमा अद्भूत प्रतिभाहरुलाई जन्म दिएको छ । युरोपेली दर्शनका पिता स्पिनोज यहूदी वंशमै जन्मिएका थिए । आधुनिक र भावी संसारका नवनिर्माता कार्ल मार्क्स पनि यहूदी बाउआमाकै छोरा थिए । आधुनिक संसारका सबभन्दा ठूला विज्ञानवेत्ता आइन्स्टाइन पनि यही जातीमा जन्मिएका थिए । तर, इतिहासको आरम्भदेखि नै यहूदीहरुलाई अछूतजस्तो व्यवहार गरियो ।

यहूदीहरुले विश्वका थुप्रै देशहरुमा अछूतसरह अधिकारबाट वंचित तथा सम्मानरहित भएर हण्डर खाँदै हिँड्नुप¥यो । यहूदीहरुले खेती गर्न पाउँदैनथे । विद्यालयहरुमा पनि उनीहरुलाई भेदभाव त्यसैले बुद्धिजीवी कहलाउन र सरकारी जागीर खान उनीहरुलाई संभव थिएन । तल्लो जाति भन्ठानेर उनीहरुसँग विवाह गर्न पनि मानसिहरु मन पराउँदैनथे । तर, यहूदीहरु पनि आफूलाई इसाईहरुभन्दा कम ठान्दैनथे ।

त्यसैले भारतवर्षमा जस्तै उनीहरुले पनि आफ्नो अलगअलग जातीहरु बताएका थिए । र, आफ्नो जातभन्दा बाहिरकासँग विवाह गर्ने यहूदीहरुलाई पारसीहरु ९अहिले इरान, इराक देश भएको प्राचीन समयको पर्सिया भन्ने देशका मानिसहरु०ले जस्तै जातबाट बहिष्कृत गरिन्थ्यो । अरुहरुको व्यवहार र आफ्नो जातपातको संकीर्णताले गर्दा यहूदीहरुलाई केवल तल्लो स्तरको मात्र बनाइदिएन, त्यसले उनीहरुका लागि सानोतिनो पसल र व्यापारबाहेक जीविकाको अन्य बाटो नै बन्दा गरिदियो । यही करकापको अवस्थाको परिणामस्वरुप पछि गएर यस जातिले व्यापार र उद्योगको क्षेत्रमा प्रमुखता हासिल ग¥यो ।

तर यस्तो प्रमुखता पनि राथ्सचाइल्ड, रकफेलर आदि केही इनेगिनेका परिवारहरुलाई मात्र हात लाग्यो । अधिकांश यहूदीहरु पूर्वी र पश्चिमी युरोपका शहरहरुका सबभन्दा गरीब टोल र वस्तीहरुमा ठूलो दरिद्रताको जिन्दगी बिताइरहे । पसल चलाउनुका साथै उनीहरु पहिलेदेखि नै व्याजमा पैसा ऋण दिने गर्दथे ।

त्यसैले व्याजखोरहरुप्रति मानिसहरुको जस्तो घृणा सबै देशहरुमा देखिन्छ, त्यस्तै घृणा यहूदीहरुमाथि पनि हुनपुग्यो । यसप्रकार केबल जातपात, सामाजिक बिलगाव तथा आफ्नै वंशका क्राइस्टको हत्याको अपराधमात्रै युरोपका इसाई जनसाधारणलाई यहूदीविरोधी हुने कारण भएन, यहूदीहरुको व्याजखोरी र बनियावृत्ति पनि इसाईहरुका निम्ति यहूदी विरोधको प्रभावकारी कारण भयो ।

पुस्तौँदेखि चलिआएको यस्तो अपमानबाट मुक्त हुने एउटै बाटो थियो । त्यो हो ः यहुदी धर्म छोडेर इसाई धर्म अपनाउनु । तर धर्म परिवर्तन गर्नुको अर्थ थियो ः सबैनातासम्बन्धी र आफन्तहरुसँग सधैंका लागि छुट्टिनु तथा आफ्नो कुलबाट आएका परम्पराहरु र मान्यताहरुलाई परित्याग गर्नु । यस्ता भावनाहरु कति शक्तिशाली छन् भन्ने कुरा हिन्दूहरु राम्ररी बुझ्दछन् । इसाई या मुसलमान हुँदा एउटा हिन्दूको के हविगत हुन्छ भन्ने कुरा उनीहरु राम्ररी बुझ्दछन् ।

यहूदी धर्मलाई छोडेर इसाई हुनुको अर्थ केबल एउटा धर्मका सबै बन्धनहरुबाट अब मानिस मुक्त भयो भन्ने होइन, अब ऊ सुँगुरलाई पनि खानसक्छ, अब अरु कालातीन रीतिरिवाजहरु पनि उसले मान्नुपर्दैन भन्ने होइन । बरु एउटा यहूदीका निम्ति इसाई हुनुको अर्थ सामाजिक दासताबाट मुक्त हुनु थियो । इसाई हुनुको अर्थ अब ऊ आफ्ना देशवासी अरु इसाईहरुजस्तै आफ्नो वर्गअनुसारको स्थान पाउन अधिकारसम्पन्न भएको थियो ।

उता पुरोहितवर्गको यहूदी र तिनीहरुको समाज यति जड थियो कि धर्मग्रन्थ र रीतिरिवाजहरुमा अलिकति मात्रै पनि अविश्वास गर्नासाथ त्यस्तो व्यक्तिलाई जातिच्यूत गर्ने गर्दथ्यो । वकिल भएकाले गर्दा कार्ल मार्क्सका पिताको सम्बन्ध व्यापारीहरु र पुरोहितको समाजभन्दा भिन्न साधारण जर्मन समाजसँग बढी हुने गर्दथ्यो । पिता हेनरिख मार्क्सलाई यहूदी जातिसँगभन्दा एसियाप्रति बढी आशक्ति थियो । उनी एसियाको वीरतापूर्ण इतिहास र त्यसका वीरहरुलाई बढी आत्मीयतापूर्वक हेर्ने गर्दथे । यो त्यसबेलाको कुरा हो, जुनबेला जर्मनीमा कैयौँ यहूदीहरु आफ्नो बाउबाजेको धर्म छोडेर इसाई बनिरहेका थिए ।

महाकवि हेनरिख हाइन, एडवर्ड ग्रंज, आदिले पनि सामाजिक मुक्ति पाउन तथा जन्मभूमिका जनसाधारणसँग हिमचिम बढाउने विचारले इसाई धर्मलाई स्वीकार गरेका थिए । यसप्रकार आफ्नो छोरा मार्क्स ६ वर्षको हुँदा सन् १८२४ मा नै पिता हेनरिख मार्क्सले यहूदी धर्म छाडेर इसाई बन्नु नयाँ घटना पक्कै थिएन । राइनल्याण्डका यहूदीहरुको व्याजखोरी र बनियापनको कारणले गर्दा मानिसहरुमा उनीहरुप्रति जुन अपार घृणा थियो, त्यसबाट मुक्त हुने सबभन्दा सजिलो बाटो त्यही थियो । कार्ल मार्क्स त्यसबेला भर्खरै साउँ अक्षर चिन्न थालेका थिए, तर त्यहीबेला नै परिवारमा यो परिवर्तन भएको थियो ।

मार्क्सका पिता पहिलेदेखि नै उदार विचारका थिए । त्यसमाथि यो धर्म परिवर्तन र घरमा यहूदी कट्टरताको गन्ध पनि मार्क्सले देख्न नपाउनुमा कुनै आश्चर्य थिएन । यहूदी धर्म र त्यसको कट्टरतालाई मार्क्सको घरबाट उनका पिताले नै धपाइदिएका थिए । पिता हेनरिखले आफ्नो प्रतिभाशाली छोरालाई थुप्रै चिठीहरु लेखेका थिए । ती चिठीहरुमा कहीँ पनि यहूदीपनाको गन्ध पाइँदैन । यसरी प्रारम्भिक अवस्थामा मार्क्सलाई अघि बढ्नका निम्ति पुराना पक्षपातहरुसँग अल्झिने वा संघर्ष गर्ने जरुरत परेन ।

मार्क्सलाई संभवतः त्यही समयमा ट्रीरको स्कुलमा पढ्न बसालियो, जुन समयमा उनको परिवारले इसाई धर्मलाई स्वीकार गरेको थियो । सत्र वर्षको उमेरमा २५ अगष्ट, १८३५ मा मार्क्सले ट्रीरको कलेजमा आफ्नो पढाइ सिध्याएर प्रमाणपत्र पाए । सत्र वर्षको यो जीवनमा कुनै त्यस्तो उल्लेखनीय घटना घटेन, अथवा त्यस अवधिका घटनाहरु संकलन गर्ने मौका मार्क्सलाई प्राप्त भएन । यसैले मार्क्सको जीवनको यस अवधिको बारेमा धेरै कुराहरु अज्ञात छन् ।

मार्क्सको स्कुलका सहपाठीहरुबाट पनि यस विषयमा कुनै जानकारी प्राप्त गर्न सहयोग मिलेन । त्यसको कारण के हो भने मार्क्सका जीवनी लेख्न खोज्ने लेखकहरुले धेरैपछि, मार्क्सको मृत्युपछि मात्रै उनीबारेका सामग्रीहरु जम्मा गर्ने प्रयत्न गरे । ट्रीरको विद्यार्थी जीवनको बारेमा के भनिन्छ भने ग्रीक र ल्याटिन भाषाका महान ग्रन्थहरुका अत्यन्त कठिन वाक्यहरुलाई अथ्र्याउनु मार्क्सका निम्ति बायाँ हातको खेल थियो । विषय र भाव दुवै दृष्टिले ल्याटिन भाषामाथि मार्क्सको असाधारण पकड थियो ।

धर्म र इतिहासप्रति यतिबेलासम्म सायद मार्क्सलाई त्यति अभिरुचि थिएन, तर मार्क्सले जर्मन भाषामा यतिबेलै लेखेका निबन्धलाई परीक्षकहरुले रुचिकर भनेका थिए । तीमध्ये एउटा निबन्धको विषय थियो(‘व्यवसाय रोज्नुअघिको एउटा तरुण विचार ।’

मार्क्सले यस विषयमा आफ्नो विचार क्रमिक रुपमा प्रकट गरेका थिएनन् । उनले के लेखेका थिए भने हामी सधैं त्यस्तो पेशालाई अपनाउन सक्दैनौँ, जसको बारेमा हामी आफूलाई योग्य ठान्दैनौँ । हामी जब यसबारेमा निर्णय गर्ने अवस्थामा हुन्छौँ, यसभन्दा अघि नै समाजसँगको हाम्रो सम्बन्ध परिपक्व हुँदै रुपान्तरित हुनथाल्छ । समाज र त्यसको सम्बन्धहरुका बारेमा यस किसिमको परिवर्तनको धारणाले के बताउँछ भने युवा अवस्थाका प्रारम्भिक दिनहरुमा नै मार्क्सको दिमागले निक्के टाढासम्म सोच्न सक्दथ्यो ।

हामीले कार्ल माक्र्सको बाल्य तथा स्कुले जीवनका सम्बन्धमा भारतीय माक्र्सवादी साहित्यकार राहुन साँकृत्यायन र रसियन माक्र्सवादी एभगेनिया स्तेपानोभाद्वारा लिखित कार्ल माक्र्सको जीवनीबाट सम्पादन गरी लिएका हौँ- सम्पादक ।