युएस बंगला बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी दुर्घटना भएको थियो, 3D भिडियो

प्रकाशित मिति - बिहिबार, बैशाख २०, २०७५

                               

युएस-बंगला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो भने बाँकी २० जना घाइते भएका थिए । दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको थियो । मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् ।

विमानको विवरण

दुर्घटनाग्रस्त विमान बम्बार्डियर ड्यास ८ क्यू४०० दर्ता गरिएको एस२-एजियु थियो ।[५] विमान पहिल्यै २००१मा स्क्यान्डेनेभियन एयरलाइन्समा पठाइएको थियो, त्यसपछि यसलाई सन् २०१४ मा युएस-बंगला एयरलाइन्समा बिक्री गर्नु अघि २००८मा अगस्टसेम्बर एयरवेजमा बेचिएको थियो । यो विमान पहिले नै २०१५ मा अर्को घटनामा संलग्न भएको थियो, यसले सैदपुरमा धावन मार्ग छोड्यो तर त्यहाँ कुनै मानवीय क्षति भएको थिएन। विमानले सानो क्षतिको सामना गर्यो र आठ घण्टा पछि पुनः सेवामा फर्किएको थियो ।

दुर्घटना विवरण

२०७४ फागुन २८ लगभग साढे २ बजे, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो विमान दुर्घटना भएको थियो । वरुणयन्त्र, फायरफाइटर, नेपाली सेना, प्रहरी र उद्दारकर्ताहरुको अन्य टोली आगो निभाउन एवं घाइतेको उद्धार गरेका थिए ।[७] सोही विमानमा रहेका एक यात्रुका अनुसार बंगलादेशको स्थानीय समयअनुसार मध्याह्न १२ बजेर ३० मिनेट जाँदा उनीहरु जहाज चढेका थिए । बंगलादेशबाट उड्दा जहाजमा कुनै समस्या आएको थिएन । तर, काठमाडौंको आकाशमा आइसकेपछि भने अवतरण गर्नुअघि जहाज केही असन्तुलित भएकोजस्तो उनले महसुस गरेका थिए । जहाज ‘ल्यान्ड’ हुनुपर्ने विन्दुसमेत काटेर गइरहेको उनले देखिरहेका थिए । जहाज असामान्य हुँदै आकाशमा नै रोकिएको थियो र आकाशमा धेरै ट्राफिकका कारण यस्तो भएको होला भनेर यात्रीहरुले सोचिरहेका थिए । त्यसपछि केहीबेरमै जहाजको ह्वात्तै उचाइ घटाएको र सीधै अवतरण गराएको उनले महसुस गरेका थिए । जहाज ल्यान्ड भएपछि कोल्टिएको थियो । असामान्य महसुस गर्दै उनले पछाडि फर्केर हेर्दा धेरै यात्रीहरु थिचिएका थिए र एक किसिमले कोलाहल नै मच्चिइसकेको थियो । हेर्दाहेर्दै जहाजमा आगो लाग्न थाल्यो र धुवाँको मुस्लो फैलिएको थियो ।

दुर्घटनाको कारण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान भर्ने विमानहरु एयरपोर्टमा अवतरण हुँदा ०२ नम्बरको मार्ग प्रयोग गरेर ल्याण्ड हुने गर्छन् । तर, यो विमान भने ०२ को साटो २० नम्बरबाट ल्याण्ड हुन खोजेको थियो । एयर ट्राफिक कन्ट्रोलरले विमानलाई दक्षिणबाट आउन अनुमति दिएकोमा विमानले त्यो मार्ग समाउन सकेको थिएन । पहिलो प्रयासमा विमानले दक्षिणको मार्ग समाउन सकेन र उत्तरबाट आएको थियो । र, असामान्य तरिकाले चालकहरुले फोर्स ल्याण्डिङ गर्ने प्रयास गरेको थियो । कतिपयले धावनमार्गमा विमान चिप्लिएको भन्ने कतिपयले अनुमान गरे पनि त्यसो नभई गलत धावनमार्गबाट समातेर फोर्स ल्याण्डिङ गर्न खोजेको थियो । विमान दुर्घटना हुनुअघि नेपाल एयरलाइन्सको ह्याङ्गरलाई छुन एकफिटमात्रै बाँकी थियो । रन वेलाई सेन्टरमा पारेर २० को दायाँ साइडबाट विमान भुँइमा खसेको थियो । एयर ट्राफिक कन्ट्रोलले पहिलोपटक दिएको सूचनालाई विमानले स्वीकार्न सकेको थिएन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार । विमान चालकले अटेरी गर्दा दुर्घटना भएको प्रारम्भिक जानकारी दिएको थियो । एअर ट्राफिक ‘कन्ट्रोलर’ले दक्षिण तर्फदेखि अवतरण गर्न पटक–पटक निर्देशन दिएपनि पाइलटले उत्तरतर्फबाट अनुमति मागेर जवरजस्ती गरेको विमानस्थल प्रशासनको भनाइ छ । एअर ट्राफिक कन्ट्रोलरले ‘एलान्मेन्ट’ मिलेन भनेर जानकारी गराउँदा पनि पाइलट उत्तरतर्फ नै गएपछि विमान नेपाली सेनाको ‘ह्याङगर’तिर गएर ठोक्किएको विमानस्थल प्रशासनको भनाइ छ । दुर्घटनाग्रस्त यूएस बाङ्ला विमानको ‘ब्य्याक बक्स’ फेला परेको छ ।