यसरी बढाउन सकिन्छ फेसबुकको प्रोफाइल पिक्चरमा धेरै लाइक

प्रकाशित मिति - मङ्लबार, बैशाख १८, २०७५

                               

के तपार्इं आफ्नो फेसबुकमा राखेको प्रोफाइल फोटोमा धेरै लाइक बढाउन चाहानुहुन्छ ? फोसबुकको प्रोफाइल फोटोमा धेरै लाइक बढाउन निम्न लिखित उपायहरु अपनाउन सकिन्छ ।

१. तपाईले कुन समयमा आफ्नो प्रोफाइल फोटो अपलोड गर्नुहुन्छ ? फोटोमा धेरै लाइक बढाउनको लागि फोटो अपलोड गर्ने समयमा ध्यान दिन जरुरी छ । कहिल्यै पनि आफ्नो फोटो बिहानै या अबेर राति अपलोड गर्नुहुँदैन । साँझको समयमा फोटो अपलोड गर्दा धेरै लाइक आउने सम्भावना हुन्छ ।

२. फोटो राखेपछि साथीहरुलाई ट्याग गर्नाले पनि धेरै लाइक बढाउन सकिन्छ ।

३. फोटो अपलोड गरेको ३० मिनेटसम्म केही लाइक या कमेन्ट आएन भने त्यो फोटोलाई डिलेट गरेर केही समयपछि अपलोड गर्दा धेरै लाइक आउन सक्छ ।

४.यदि तपाईं आफ्नो फोटोमा धेरै लाइक बढाउन चाहानुहुन्छ भने साथीको फोटो या स्टाटसमा पनि लाइक वा कमेन्ट गर्न जरुरी छ ।

५. जुन ठाउँबाट फोटो अपलोड गर्नुहुन्छ त्यो ठाउँको नाम राख्नाले पनि फेसबुकमा धेरै लाइक बढाउन सकिन्छ ।

६. कुनै नयाँ ठाउँको भ्रमणमा जानुभएको छ भने आफ्नो साथीलाई के तिमीले म घुम्न गएको फोटो देख्यौ ? भनेर सोध्न सक्नुहुन्छ । जसले गर्दा साथीले तपाईंको फोटो हेरी लाइक गर्न सक्छन् ।

७. कुनै फेसबुक पेज या समुहमा तपाई आफ्नो प्रोफाइल फोटोको लिंक राखेर पनि धेरै लाइक बढाउन सक्नुहुन्छ ।

८. आफ्नो फोटोसहित ह्यासट्याग (#) को प्रयोग गर्नाले पनि फोटोमा धेरै लाइक बढाउन सकिन्छ ।