१५ लाख नयाँ कार्यकर्ता थपौ आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ: थापा [केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदन सहित]

समाचार घर

प्रकाशित मिति - मङ्लबार, बैशाख ११, २०७५

                               

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आगामी पाँच वर्षमा पार्टीलाई पहिलो पार्टी बनाउन तत्काल महासमिति बैठक बोलाएर ‘शीघ्र महाधिवेशन’ तयारी गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको जारी चुनावी समीक्षा बैठकमा युवा नेताहरुका तर्फबाट ‘‘निर्वाचन समीक्षा र आगामी कार्यदिशा’ का बारेमा लिखित धारणा प्रस्तुत गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता थापाले पार्टीलाई मजबुत बनाउन ‘शीघ्र महाधिवेशन’ को विकल्प नभएको जिकिर गरे ।

‘‘महासमिति तत्काल बोलाऔं । महासमितिको बैठकबाट विधान संशोधन गरेर पार्टीको नयाँ कार्यक्रम तय गरौं’’, उनले भने, ‘‘संशोधित विधानको आधारमा महाधिवेशन गर्न दुईवर्ष नकुरौं । पार्टीको तल्लो स्तरमा संरचना नभएका कारण दुईवर्ष कुर्दै गर्दा पार्टीलाई ठूलो क्षति हुन्छ ।’’

असोज कात्तिकबाट पार्टीको गाउँ कमिटी र वडा कमिटीको निर्वाचन प्रारम्भ गरे एक वर्षभित्रमा महाधिवेशन सम्पन्न गर्न सकिने थापाको भनाई थियो । कांग्रेसलाई आगामी ५ वर्षमा पहिलो पार्टी बनाउन पूराना कार्यकर्ताहरु जोगाएर मात्रै नहुने स्पष्ट पार्दै पहिलो पार्टी बन्नका लागि १५ लाख नयाँ कार्यकर्ता थप्नुपर्ने आवश्यकता पनि औंल्याए ।

थापासहितका केही युवा नेताले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदन