कथा: डाक्टर स्मीता [फिलिङ लभ ईन हस्पिटल, भाग-२]

केशव प्रसाद पाण्डे

प्रकाशित मिति - सोमवार, फाल्गुन २१, २०७४

                               

केशव प्रसाद पाण्डे

“असिमलाई चिन्नुहुन्छ ?”

“को असिम?”

“याद गर्नुस त !”

उ ‘ईट एण्ड स्माईल क्याफे’को कुनापट्टिको टेबलमा छ, म उसको समिपमै छु।अाउनेजानेहरुले हामितिर नि अाँखा सोझ्याएकै थिए !हेर्नेहरुले के को भनेर सोचे अनुमान लगाउन अावश्यकता नै के थियो र!

एकछिन घोत्लिँए ।धेरै असिम नामका साथिहरु मानसपटलमा घुमे ।सोध्दै गएँ ।उसले अन्तमा एउटा मेरो साथिमध्येको जो संसारमा थिएन हो उसैलाई चिनेको छु भनी।रेष्टुरेन्टको टेवलमा त्यसपछि कौतुहलतासंगै तातो दुई कप कफिको वाफ उडेर कहाँ पुगे थाहा भएन। कोल्ड बनेको कफि घुट्क्याएर अर्को अर्डर गर्यौँ । उसले अाँशु झार्दै पाँच बर्ष अगाडि पुर्याई
जुन समय यस्तो थियो :

ओई ! यो केटी कस्ती छे?

दुवइवाट असिमले मंसीरको अन्त्य, पारीलो घाममा फेसवुक टहल्दै गर्दा पठाएको फोटो म्यासेज थियो त्यो,

हेर ! मेरी प्यारी स्मिता ,खुव माया गर्छे, यार मलाई ।अर्को म्यासेज पनी आयो।

फोटो हेरेॅ,रातो वुट्टे कुर्ता सलवार,घाॅटीमा सल ,हातको ढक्कीमा रातै फुलपाती अक्षतामा खाली सीॅउदो सहीत मन्दीरको ठूलो घण्ट अगाडी उभिएकी सरल फोटो , उ हरेक रूपमा राम्री लागी मलाई पनी।तैपनी उसलाई भनेॅ,

“फेसवुकको के भर गर्छस यार?”

अहीले चीत्र हेरेर पछी चरीत्रमा दोष दीनुपर्ला! फस्लास नी!

अॅह त्यो त हुदैन,उसले गर्नै सक्दीन, त्यस्तो! म उसलाई राम्ररी चीन्छु ।

उसको जीद्दीको अगाडी मेरो केही लागेन,राम्ररी वुझ ठीक लागे नेपाल आएपछी भेट् भन्दीॅए।

त्यसपछी उनीहरूको घनीष्ठता वढ्दै गएको उनीहरूका लाईक र कमेन्टवाट वुझ्न सक्थेॅ।कहीले उसैले स्मिताको वारे मलाई वताईरहन्थ्यो ईडीटीङ गर्दै संगै भएको फोटा मलाई नी पठाउॅथ्यो , वेलावखत ।अव नेपाल आएर वैशाखमा भगाएरै भएनी वीहे गर्ने सोच थियो उस्को। खुव यादले सताॅउछ ! कतीखेर भेटौॅ जस्तो भा छ यार, सुनाईरहन्थ्यो उ!

3 वर्ष पुर्याएर माघको जाडोमा असीम आउने त्यस दीन म उसलाई लिन त्रीभुवन अन्तराष्ट्रीय विमानस्थलसम्म ट्याक्सी लीएर पुगेॅको थिँए।दुवइवाट वेलुकी छ वजे आउनुपर्ने फ्लाई दुवईको ५७५ नंको प्लेन केही ढीला गरी ल्यान्ड भयो।करीव डेढ घण्टापछी वल्ल उ सानो व्याग पछाडी भीरेर,कालो जीन्सको पाईन्ट, मन्द नीलो ज्याकेट र एडीडासको जुत्ता सहीत डोरिले चारैतीर वाॅधेको सुटकेस घिसार्दै ह्यान्डसम हुलीयामा वाहीरीयो। मैले प्रतीक्षालयको सीसावाट उसको पहीचान गरेॅ र वाहीरीएर प्रिपेड ट्याक्सी स्ट्याण्ड नजीकै न्यानो अंगालोमा स्वागत गरेॅ।उ खुसी थीयो नेपाल आउनुमा, अझै वढी त स्मिताको समीप्यताको सपनीमा ! ट्याक्सी चढ्ने वित्तिकै मेरो मोवाईल मागेर स्मितालाई पहीलो कल गर्दै भन्यो, अव हामी केही पल मात्र टाढा छौॅ ।

मलाई भेट्ने समय झन लामो लाग्न थाल्यो यार अव झनै!

त्यो रातमा कोठामा पनी स्मिताकै वढी कुरा गर्यो ।लाग्यो एउटी केटीको लागी परीवर्तन भएछ ।मलाई उसमा साथीको आभाष कम लाग्यो।

घरमा कुरा गरीस त?

‘छैन यार ! कीन गर्नु मलाई मन परे त भै गोनी।’

‘आमाले त गाॅउ नजीककै केटी हेर्याछु भन्नुभाछ, मैले केही भन्या छैन आएपछी हेरौॅला भनेको छु भन्यो।’

घरमा काठमांडौ उत्रने जानकारी नै दीएको रहेनछ उसले।उ भोली नैॅ स्मीताको गाँउ जाने भयो विहान छ वजे नै ! मलाई पत्तो छैनकी उ त्यो रात निदाएको,वारम्वार घडी वालेर समय हेरीरहन्थ्यो।यताउती फर्कीॅदै मोवाईल चलाईरहेको ,देख्थेॅ व्युझॅदा।वीहान छ वज्नु अगावै स्मितालाई खाली पेटमै दर्शन गर्ने मनसायले ठीटो कुलेलाम ठोक्यो।तीनदीन पछी उ मख्ख पर्दै फर्कीयो र उनीहरूको लुकीछीपी भेटघाटदेखी , सेल्फी,फोटो सव देखाउदै धेरै कुरा गरेको थीयो उसले सीमाहीन खुसीले भरीभराउ भएर!

भोली चैॅ ,घर लाग्ने गरी काठमांडौमा भर्खरै उत्रीएको वतायो फोनमा वावालाई ।अव वावुआमालाई भेट्न जानेभो भोली,त्यसपछी काठमांडौ आउजाउ हुॅदै शहर वस्न थाले पछी सरूको पनी आउजाउ वाक्लीन थाल्यो त्यसवीचमा उनीहरूका सपना र घनीष्ठताले चरम रूप लीइसकेको थीयो।

स्मितालाई मलाई पनी भेटाएको थीयो उसले,
मैले ,भाउजूको सम्वोधन गर्थेॅ

तर उ भाउजू भन्ने वेला भईनसकेको जीकीर गर्थी ।

“अव के चैॅ गर्न वाॅकी छ र ?भन्नै नहुनी?”

त्यसको उत्तरमा रातै भएर सर्माउथी उ !

उसको लजाईले यता नी काउकुती लाॅउथ्यो।

हैट ! उत आफ्नै साथीको पो थीई ।अनी सम्हालीन्थेॅ।

अव पतझड सकीएर वसन्तका पालुवा पलाउन थालीसकेको थीयो।असीमले पनी मायाको मुनालाई मुर्त रूप दीन स्मितालाई भगाएर लग्यो ।आमाको इच्छा वीपरीत भएकाले जव्वर वुढीले भीत्राउन मानीनछन तर असीमको वुवा र गाॅउलेको करले गर्दा नभीत्राई सुखै पाईनछन।सुरूमा यस्तै हो वीस्तार सव ठीक हुनेछ र जीन्दगीका उदारचढावमा संगै खुसी रहने कसम खाएका दुवैजना अव रातो २२० पल्सरमा कैले पार्क,फील्म हल ,सपीङ मल,त्रीशुली ,रोशी,कोशीका पानीमा र मन्दीरमा रम्मीएका लोभलाग्दा जोडी तस्वीर वालमा रंगीनथाले मैले एतैवाट देख्थेॅ सव !खुवै रमाईलो गरे उनीहरूले।

केही समयपछी फेसवुकमा उनीहरू गुमनाम भए।लाग्यो अव व्यवहारीक जिन्दगी सुरू भयो साथीको।असीम पनी भन्थ्यो, कहीले फोनमा, हेर ,वीहेपछीको जीन्दगी सोचेजस्तो रमाइलो नहुने रैछ ।

जेठको मध्यतीर स्मितालेले एउटा स्टाटस राखेकी थीई,
“वल्ल थाहा पाॅउदैछु जीन्दगीमा आफुभन्दा वढी कसैलाई माया गर्नु ठुलो भूल रैछ !आँसुको जीन्दगी पीउन वाध्य छु।”

एकसातापछी फेरी अर्को स्टाटसले भन्थ्यो,
“जती माया गर्दा नी वीश्वासै गर्दैनन आफ्नाले पनी”
त्यसका प्रतीक्रीयामा असीमका साथीहरूले भनेका थीए, उ राम्रो मान्छे हो,त्यस्तो नसोच्नु विश्वास गर्नु “

“स्मितालेले एकमुष्ठ जवाफ दीएकी थीई,”मलाई थाहा छ वीश्वास गर्ने ठाॅउ पनी त राख्नुपर्यो नी”

त्यसवीचमा असीमले पनी हाॅस्न नसकेको ख्याउटे फोटोसहीत एउटा लेख्यो “रहस्यको मुस्कानमा आॅशु लुकाउन खोजीरहेछु।”

ती स्टाटसमा एकअर्काको लाईक र प्रतीक्रीया थीएन।अनुमान लगाॅए ,खटपट सुरू भएछ।

एकदीन असीमले फोनमा सुक्सुकाउदै, नीराश हुॅदै भन्यो,
“खै!यार आमाले मन नपराएकी वुहारी भएर होला दुईजनाको झगडा परीरहन्छ।घरमा केही गर्न सकीन !म वर्वाद भॅए ।यसवीचमा उ ड्रग एडीक्ट भएर पुनर्स्थापनासम्म पुगेको पनी खुलायो र भन्यो “अव म संग कुनै सपना छैन।आफ्नै अन्त्य वाहेक ! “मैले धेरै सम्झाॅए त्यस दीन।

असार लाग्यो वीहान स्मीताले ट्राभलीङ टु सीन्धुली भनेर लोकेसन सहीतको स्टाटस हालेकी थीई।यसपछी दीॅउसो असीमले फोन गरेर भन्यो,
“उ पनी रीसाएर माईत गई मलाई विर्शीदेउ भन्दै”

भाग एक पढ्न यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ 

“यस्तै हो आईमाईको जात फर्कीहाल्छे नी केही दीनमा” भनेर ढाडस दीॅए।

त्सकै भोलिपल्ट वीहानै छ वजे विच्छौनामै फेसवुक खोलेॅ स्लाईड गर्दै जाॅदा उसलाई समेत ट्याग गरीएको फोटोमा कसैले लेखेको थीयो “साथी के गरीश यस्तो तैॅले ! हामीलाई एक्लो पारेर?” फोटोमा सेतो भेष्ट र नीलो पाईन्टमा आफ्नै कोठाको सीलीङमा पाॅसो लगाएर झुन्डीएको उ र उसले छोडेको सुसाईड नोटको फोटो !

लेखीएको थीयो,
“कती सजीलै भन्यौ है?विर्सिदेउ भनेर,आॅखामा हुन्थ्यौ भने आॅशुमा वग्थ्यौ होला तर मुटुमै छौ र पो एकमुठी सास वीर्सनु छ मैले !यही नै उपयुक्त सोच्नु तीम्रो सपनाको हत्यारालाई! मलाई माफ गर ‘स्मीता’ !”

“आमा! म तपाईको रोजाईको छोरा हुन सकीन माफी पनी खै कसरी माॅगौ?सवै दोष मेरै थीयो, सोच्नु असीम यो संसारमा थीएन भनेर ।”

मलाई स्तव्ध वनायो, त्यहि प्रेम कथा स्मिताको थियोे ।उसले यति भनिसकेर भनी, “त्यसपछि न घर न माईतिको बन्न सकेँ ।सानो उमेरमै लोग्ने टोकुवाको अारोप खेपेँ ,यो समाजले बेसहारा महिलालाई कसरी हेर्छ र सबै दोष थोपर्छ ,म कसरी बाँच्नसकेँ यी सब।सहेर अनुमान गर्नुस त !”हो म त्यहि स्मिता हुँ!

“तपाईंले पनि सायद मलाई नै दोषी देख्नुभएको थियोे होला हैन?”

त्यसपछि स्मितालाई कुनै रुपमा देखेको थिँईन ।असिमको अन्त्य पछि उ स्मृतिबाट हटिसकेकि थिई ,कुनै सोधिखोजि गरेको नि थिँईन ।र पनि उसले हिम्मत नहारि अात्महत्याको मडारिएको बादलबाट बचेर काठमाडौंमा लुकेर पढाइ राम्रो भएकाले अध्ययनलाई निरन्तरता दिँदै छात्रवृत्तिमा पढेकि रहिछन र अाज परिचय बदलिएको डा.स्मितासंगको भेटमा नचिनिनु स्वभाविक थियो।

उसले भनेकि थिई ,”हजुरलाई भेटेर यी सव स्पस्ट पार्न चाहन्थेँ।संयोगले टिचिङ हस्पिटलमा नैँ भेटिनुभयो ,देख्नेबित्तिकै चिनेँ ।हजुरले चिन्नुहुन्न भन्ने मलाई थाहा थियो ।

यस पछि छुटेका हामी मानौ जीवनको अन्तिम ईच्छा पूरा गरेर स्मिता केही समयमै स्कुटर दुर्घटनामा मृत्युको बाटोबाट सायद असिमलाई भेट्न पुगि …उसका उदारचढाबले भरिएका पर्सनल डाएरि जुन उसको साथीमार्फत मलाई उपलब्ध गराएकि थिई ती सबलाई खोल्ने अाँट अाएन ।पछि कुनै दिन पल्टिनेछन डाएरिका पानाहरु…