फ्रान्समा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज गठन

प्रकाशित मिति - शुक्रबार, माघ २५, २०७५

                               

फ्रान्स | विश्वब्यापी रुपमा आफ्नो शाखाहरु बिस्तार गर्दै गरेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज International Nepalese Artist Society (INAS)] ले फ्रान्समा पनि आफ्नो शाखा स्थापना गरेको छ ।

प्रविण सापकोटाको अध्यक्षतामा गठन भएको तदर्थ समितिलाई ७ फेब्रुअरी २०१९ बाट संस्थाको युरोप क्षेत्रीय समिति अन्तर्गत रहेर कार्य गर्ने गरि ग्लोबल समितिले अनुमोदन गरेको कुरा ग्लोबल समितिका प्रवक्ता डा. रामकृष्ण निरौलाले जानकारी दिनुभएको छ ।

गठन भएको तदर्थ समितिमा अध्यक्ष: प्रविन सापकोटा, उपाध्यक्ष :- जगत बहादुर खड्का, महासचिब :- महेन्द्र अधिकारी, कोषाध्यक्ष :- डुल्छेन लामा तामांग (सुरेश) र सदस्यहरुमा क्रमस- घनश्याम पौडेल, किरण केसी, गीता खनाल थापा, आभास आचार्य, भूबन आले, सुमन राई, मिली कोइराला, रिया गुरुङ (भानु), शर्मिला गुरुङ, सालु श्रेष्ठ, प्रतिमा खनाल, अन्जेश चुडाल, भिम राई, बिपुल छेत्री रहेका छन् ।

संस्थागत उद्देश्य प्राप्तिका लागि ग्लोबल विधानको अधिनमा रहेर नेपाली कला, साहित्य र संस्कृतिको उत्थान एवं कलाकार र साहित्यकारहरुको हितको गठन भएको समितिले उल्लेख्य कार्य गर्नेछ भन्ने विश्वासका साथ नव गठित इनास फ्रान्सका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना ज्ञापन गरेको कुरा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, ग्लोबल समितिका प्रवक्ता डा. रामकृष्ण निरौलाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।