सुगौली सन्धि, मधेशमा सिके राउतहरु जन्मिनुको कनेक्सन !

सुगौली सन्धिको कागज हराएको हल्ला गराए पछि अब सीमानामा बार चै कहाँ लाउने ?
डीराज कोइराला

प्रकाशित मिति - बिहिबार, माघ ११, २०७४

                               

सुगौली सन्धिको सक्कल प्रति छैन भनेर भारत भक्त सरकारले लेख लेख्ने योग्य मान्छे खोजेर सीमाविद् कहलिएका बुद्धिनारायण श्रेष्ठलाई लगाए पछि यो कुरो चर्चित बन्यो ।

सुगौली सन्धि थिएन भएको भए पाइन्थ्यो भन्ने निचोड निकाल्यो होला सरकारले र नै बुद्धि नारायणहरु समेतलाई पाखुरे बनाएर सर्बेाच्च अदालतमा भारतसगको खुल्ला सीमाना बन्द गरिमाग्ने रिट निवेदन दिलाउने मौका मिल्यो । सुगौली सन्धिको कागज हराएको हल्ला गराए पछि अब सीमानामा बार चै कहाँ लाउने ? अर्कोतिर यो हल्ला चलाउनाले नेपालका हितको ३१ जुलाई १९५० मा भारतसग भएको शान्ति तथा मैत्री सन्धि असमान हो भन्ने नेपाली अनुहारका भारतीय दलालहरुलाई फाइदा नै पुग्ने भयो ।

कारण सुगौली सन्धि नामको नारायणहिटी दरवारको लाल बाकसमा भएको कागज लुकाए पछि उक्त मैत्री तथा शान्ति सन्धिको धारा ८ ले खारेज गरेका सबै पुराना सन्धि भन्नाले कोशी नदीदेखि राप्ती नदीसम्म फिर्ता भएको १८१६ को सन्धि र बाँके बर्दीया कैलाली र कञ्चनपुर फिर्ता भएको सन् १८६० को सन्धि पर्दछन ।

यति भएपछि भारतसगको १९५० सन्धि असमान हो खारेज गर्नु पर्छ भन्दै सन्धि पुनरावलोकन गर्न लगाउने गणतान्त्रिक सरकारलाई के चाहियो र ? मधेश अान्दोलन र सिके राउतहरु यिनै षडयन्त्रको सेरो फेरोमा सरकारी हल्लाले जन्माइएको होइन भनेर पत्याउने अाधार चै के छ ?

सुगौली सन्धि गायव पारिए पछि शासकहरुले देखाउने राष्ट्रवादी खेल भनेको कोशीदेखि महाकालीसम्मको तरार्इको सबै भूभाग जति प्रमाणका आधारमा भारतलाई सुम्पन पनि मिल्ने नत्र भारतसग वार्ता गरेर टिष्टा काङगडाको कुरै नगरी हालको मेची महाकालीको सीमाना हामीले जोगायौ भन्न पनि पाउने भए पछि आलो पालो गर्दै शासक बनेका यो देशमा महान राष्ट्रवादी तथा राष्ट्रप्रेमी बनेर भाषणगरी हिड्ने हालीमुहालीवाला टेररिष्ट नेताहरुलाई दुवै हातमा लड्डु भएन त ?

नेपाली नागरिकहरुका अावाजलार्इ पङ्गु बनाइए पछि यो देशका बिज्ञ हौ भन्ने डाक्टर, प्रोफेसर, परराष्ट्रविद्, इतिहास विद्, सीमाविद, राजनीतिविद, नागरिक अधिकारविद् अादि सबै प्रकारका नेपाली विदहरुले इमान्दारी पुर्वक चिन्तन मनन गरेर जानुन । साँचो कुरा के चै हो भनेर ? नेपाल एचडीबाट