नेपाली समाजमा जरो र किलोको बहस

नुम नाथ प्याकुरेल

प्रकाशित मिति - मङ्लबार, माघ ९, २०७४

                               

समान्यतया समाज दुई वटा सिद्धान्त बाट चल्दछ, पहिलो साधारण सिद्धान्त र दोस्रो अपवादको सिद्धान्त। जव नेपाली समाजको कुरा गर्दछौँ, साधारण सिद्धन्तको चर्चा काम र अपवादको सिद्धान्तको चर्चा बढी पाउँदछौँ। गाउको चिया पसलदेखि, सहरको रेस्टुरेन्ट अथवा विद्यालय शिक्षक कक्ष होस् अथवा विश्वविद्यालयको सेमिनार कक्ष, यत्रतत्र अपवादको सिद्वान्तको नै चर्चा हुन्छ। अपवादको सिद्धान्तको चर्चा लाइ समाजले सहजै ग्रहण गर्दछ। कुनै व्यक्तित्वको प्रशंसा गर्नु अथवा आलोचना गर्नु अपवाद सिद्धान्त हो किनकि समाज रुपान्तरणमा उसको भूमिका सहायक हो तर समाजका हरेक सदस्यको सकारत्मक प्रयास गौण मानिन्छ र त्यसैका कारण संसारका सबै समाजको प्रगति सम्भव भएको छ, त्यो प्रधान पनि हो। यो सार्वभौम भएकाले सामान्य नियम हो। सांसारका कुनै समाज यसको अपवाद छैनन्।

अर्को शव्दमा भन्नुपर्दा टोलका कुनै अमुक किसानले रोपेको गोलभेडा मध्ये एक ट्रक गोलभेडा चाहिँ, साधारण दुई सय, दुई सय पचास ग्रामका फले तर एउटा गोलभेडा चाहिँ दस किलोको फल्यो भने चर्चा त्यही एउटा दसकोलोको गोलभेडाको हुन्छ एक ट्रक गोलभेडाको हुदैन, जबकि संसारभरि फल्ने गोलभेडा तिनै दुई सय, दुई सय पचास ग्रामकै हुन्।

जरो र किलोको अभियानको मुलभूत उद्धेश्य यसै प्रवृतिलाइ न्युनीकरण गर्ने हो। हाम्रा नीति, नियम, संस्कार, पद्धतिको जरो यही माटोमा गाडिएको हुनु पर्दछ। हरेक समाजका आआफ्ना मौलिक रैथाने नियम हुन्छन् जुन माटो सुहाउदो हुन्छन्। ती नियम त्यहीँ परिक्षित तथा प्रमाणित हुन्छन। तिनै रैथाने नियमले त्यस समाजमा जरो गाडेका हुन्छन्।

वर्तमान सभ्यता खास गरी युरोपियन सभ्यता नै मानिन्छ। युरोपवाट नजिकै विकास भएका ग्रिक तथा रोमन शभ्यताको पुनर्जागरण गरेर, युरोपले औधोगिक क्रान्ति गर्यो। सभ्यता विकासमा पुनर्जागरणको जरो टाढा थिएन, अनेक दुखकष्ट गरेर इटालियन र फ्रेन्च विद्वानहरुले ग्रिक तथा रोमन सभ्यतामा लेखिएका पण्डुलिपी तत्कालिन भाषामा रुपान्तरण गरे, प्रचार प्रसार गरे। सर्वसाधारणमा जागरण ल्याए। तार्किक सोच र पद्धतिको अवलम्वन गरे र आफ्नो माटो सुहाउँदो जग युरोपियनहरुले हाले। आफ्नो माटो सुहाउंदो जग हालिसकेपछिको कार्य तिनीहरुले संसारभरिबाट सकारात्मक कुरा ग्रहण गरे, तिनको परीक्षण गरे र आफूअनुकूल तिनलाइ रुपान्तरण गरे जसका कारण आज तिनीहरु संसार लाइ नेत्रित्व गर्न सफल भएका छन्।

भावना, आग्रह तथा पूर्वाग्रहभन्दा माथि उठेर वर्तमान नेपाली समाजको वस्तुस्थितिको विश्लेषण गर्ने हो भने, तितो सत्य बोल्नै पर्ने हुन्छ कि हाम्रो मुलधारको किलो हामीले यस मुलुकमा गाडेकै छैनौ। किलो कता छ भनि खोज्ने हो भने पनि हामीलाई धेरै अलमल हुन्छ। हाम्रा बहस वस्तुगत नभएर विषयगत बढी छन्। तथ्यगत नभएर भवनात्मक बढि छन। यो अन्योलतालाइ चिर्न पनि जरो र किलोको बहस वर्तमान परिपेक्षमा बढि सान्दर्भीक छ। समालोचनात्मक भएर भन्नु पर्दा हाम्रो सभ्यताको जरो यही माटोमा गाडिनु पर्दछ।

विविधतालाई समेट्ने किलो मौलिक रैथाने हुनु पर्दछ र विज्ञानले प्रमाणित गरेका र परीक्षणमा सफल भएका बुद्धि, प्रगति, विवेक र सह्रदयता संसार वाट आफ्नो अनुकुल तिनलाइ ग्रहण गर्नु पर्दछ। जब वसाइँ सराइको बारेमा हामी बहस गर्दछौं तब अंङगीकृत नेपाली नागरिकमा हामी ध्यान केन्द्रित गर्दछौँ। यो बहस आफैमा त्रुटिपूर्ण छैन तर नेपालबाट विभिन्न ढङ्गमा बिदेशिने नेपाली जनसङख्याको बारेमा कैले बहस गरेका छौँ त हामीले? बहस गरिहाल्यौं भने पनि विपृषणकै बढी चर्चा हुन्छ। फर्केर आएका युवाको शिप सदुपयोग तथा परिचालनका बारेमा सोच्दैनौ। त्यहिँ स्थाइ बसोबास गर्ने नेपालीहरु लाइ अन्तराष्ट्रिय मञ्चहरुमा नेपाल पक्षिय लविङ गर्दैनौँ।

सबै अंङगीकृत नागरिक देशलाई हनिपुर्याउन आउदैनन्। आएकै भएपनि तिनलाइ राष्ट्र सेवामा लगाउन नसकेको हामीले नै हो। हामीले नै दलगत तथा वयक्तिगत स्वार्थका लागि तिनलाई महत्वकांक्षी बनाएको बारेमा पनि बहस गरौं न। जन्मभूमी छोडी विदेश जाने नेपाली, जसरी हामी अंङगीकृत नागरिकको बारेमा सङक्रीण बहस गर्दैर्छौं। के तिनीहरुले पनि त्यहाँ यस्तै बहस गर्लान्? के त्यहाँ हाम्रा मानिसलाई हामीले जस्तै प्रयोग गरेका होलान्? हामीले जस्तै महत्वाकाङक्षी बनाएका होलान? हाम्रामा जस्तै आन्दोलान, धर्ना, असहयोग, प्रदर्शन, विरोध, जुलुस निकाल्लान्?

जसरी एउटा माछो तलाउमा खेल्छ, दौडन्छ, दुस्मन लाई छल्छ, दुस्मनको आक्रमणमा परेर उम्कन सक्यो भने आफूलाई लागेको चोटको उपचार पनि त्यहि तलाउमा पाउँछ। तलाउमा ज्यादै धेरै शत्रु रहेछन्, पाखामा भाग्छु भन्यो भने माछाको के हालत होला? त्यस्तै नभए पनि हामी आम नेपालीको स्थिति माछा सापेक्ष भएको छ। आफ्नो धर्मप्रति, आफ्नो सभ्यताप्रति, आफ्नो राष्ट्रप्रति, आफ्नो जन्मभूमिप्रति, आफ्नो सरकारप्रति, आफ्नो नेताप्रति विश्वास नभएर उपयुक्त विकल्पको खोजिमा उनको भाषामा बाध्यतामा र अरुको भाषामा आर्थिको प्रलोभनमा जन्मभूमि छोड्न वाध्य छन्। व्यक्तिको हकमा उनीहरुले गरेको कार्य सार्वभौम हो। इतिहास साक्षी छ कि जुन देशमा व्यक्तिको आत्मसम्मानको रक्षा हुन्न, सुरक्षा हुन्न, जीविकोपार्जन हुन्न, न्याय तथा सामाजिक न्याय पाउँदैन, व्यक्ति स्वेच्छा वा बाध्यात्मकता मध्ये एक वा दुवै कारणले जन्मभूमि छोड्न बाध्य हुन्छ। मानिसको गतिशीलतालाई कसैले रोक्न सक्दैन र यस्तो गतिशीलता यहाँ, अहिले मात्रै पनि भएको होईन। मानवीय वसाईँ सराइ विश्वव्यापी प्रक्रिया हो। परापूर्वक कालदेखिको र यो निरन्तरको प्रक्रिया पनि हो।

आर्थिक लाभ, गरिबी निवारण, विप्रिषण आगमन तथा तत्कालीन लाभको हिसावले हेर्ने हो भने त यो लाभदायक नै देखिन्छ तर सामाजिक, सांस्कृतिक, राजनैतिक तथा दीर्धकालीन दृष्टिकोणबाट हेर्ने हो भने पाहुना राष्ट्र यसबाट वढी प्रभावित हुन्छ। जब युवा पलायनको कार्य सुरुवात हुन्छ र यसले जब यौटा प्रवृतिको रूप धरण गर्दछ तव नयाँ पुस्ता, यसवाट वढि आकर्षित हुन्छ र उनले अन्तरदेशीय वसाइँ सराइलाई जीवनको लक्ष बनाउदछ। अन्तरदेशीय वसाइँ सराइमा गएको पुस्ताको जन्म र बाल्यकाल स्वदेशमै वितेको भएर टाढै बसेर पनि जन्मभुमि प्रति चासो र चिन्ता जनाउँछ। जव बालवच्चाको भविष्य सम्झिन्छ उसको प्रयास त्यतै स्थायी वसोबास गर्ने नै हुन्छ। जव तिनीहरूको केही पुस्ता उता बित्छ तव तिनीहरूले आफ्नो जन्मभूमि उतै ठान्दछन्। स्वदेश तिनीहरूको त्यही हुन्छ। त्यहीको घाम, पानी, हावा, माटो, वन, जंङगलमा तिनीहरु रमाउन थाल्दछन्।

यसकारण पनि हाम्रो मूलधारको किलोको जरा यहीँ हुनु पर्दछ। यसको यो मतलब होइन कि बाहिरी वातावरणबाट केहि पनि लिनु हुदैन। हामी संसारको जुनसुकै स्थानबाट हामीलाई आवश्यक पर्ने जुनसुकै कुरो ग्रहण गर्न स्वतन्त्र छौँ। ग्रहण गर्दाको हकमा आफ्नो आवश्यकता अनुसार जति र जे चाहिने हो त्यो मात्रै लिनु पर्दछ।

हाम्रा धेरै बहस विषयगत छन। पहिचानको बहस पनि वस्तुगत छैन। जाति, जनजाति, भाषिक, प्रार्देशिक, क्षेत्रिय, सांस्कृतिक पहिचानको बहस आफैँमा सकारात्मक छन तर आफ्नो पहिचानको कुरा गर्दा, अरूको पहिचानप्रति घृणाको भावना फैलाउने जुन धृष्टता गरिदैँ छ त्यो आत्मरतिपूर्ण छ। हाम्रा बहसले सह्रदयताको आधार छोड्नु हुँदैन। हाम्रा पहिचानका बहस अरुप्रति घृणा फैलाउने किसिमका भए भने न हाम्रो न तिनको पहिचान रहन्छ। सर्वसाधारणको त के कुरा, विद्वान महोदयमा समेत घृणाको भावना भएकाले पनि जरो र किलोको बहस नेपाली समाजमा अनिवार्य छ।

जरो र किलोको अभियानको मुलभूत उद्धेश्य यसै प्रवृतिलाइ न्युनीकरण गर्ने हो। हाम्रा नीति, नियम, संस्कार, पद्धतिको जरो यही माटोमा गाडिएको हुनु पर्दछ। हरेक समाजका आआफ्ना मौलिक रैथाने नियम हुन्छन् जुन माटो सुहाउदो हुन्छन्। ती नियम त्यहीँ परिक्षित तथा प्रमाणित हुन्छन। तिनै रैथाने नियमले त्यस समाजमा जरो गाडेका हुन्छन्। जसरी एउटा रुखले आफू उभिएकै स्थान बाट जरा फैलाएर आफूलाई चाहिने आवश्यक तत्व लिन्छ, मानवीय समाजका नीति पनि त्यसौगरी त्यही जमिनमा फौलिनु पर्दछ। जरो गडिएपछि जसरी एउटारुखले आवश्यक पर्ने पानी, लवण तथा अन्य कुरा माटोवाट ग्रहण गर्दछ त्यसैगरी हाम्रो राजनीति, आर्थिक नीति, कुटनीति तथा समाजलाई नेतृत्व प्रदान गर्ने मूलधारका नीतिको जरो जन्मभूमिमै गाडिएको हुनु पर्दछ। यसको यो मतलव होइन कि जन्मभूमि बाहेकका कुनैकुरा ग्रहण गर्नु हुन्न।

एउटा रुखले जरा गाडिएको जमिन वाट आवस्यक कुरा ग्रहण गर्नु उसको साधारण नियम हो र घाम, पनि, जाडो, गर्मी, वर्षा आदिमा आफूलाई समायोजन गर्नु उसको विशिष्ट नियम हो। यसरि विशिष्ट नियम अनतर्गत जरो र किलोले विज्ञानको बुद्धि र प्रविधिको प्रगतिलाई नकार्दैन र आफूलाई आवश्यक बुद्धि र प्रविधि संसारको जुनसुकै स्थानबाट ग्रहण गर्न स्वतन्त्र छ। जरो र किलो त्यतिमा मात्रैमा सीमित नभई, समाजको कल्याणका लागि धर्मको विवेक र सह्रृदयताको सम्बन्ध समाजमा विकास होस् भन्ने चाहन्छ।