युएईमा नव नियुक्त कार्यबाहक राजदुतको भव्य स्वागत

प्रकाशित मिति - सोमवार, माघ ८, २०७४

                               

गैैर आवासिय नेपाली संघ युएई, राष्ट्रीय समन्वय समिती र नेपाल आदिवासी जनजाती महासंघ युएईको संयुक्त आयोजनामा युएईका नेपालि राजदुतावसका नब नियुक्त कर्मचारीहरुको स्वागतमा हिजो २१ जनवरिका दिन दुबई स्थित अरेबियन कोर्टयार्ड होटलमा एक कार्यक्रम सम्पन्न भएको छ ।

युएईकालागी नेपाली दूतावासकालागि नव नियुक्त उपनियोग प्रमुख एवं कार्यबाहक राजदूत महामहिम सागर फ़ुयाल, श्रम सहचारी मोतीराम भुसाल र तृतीय सचिब नारायण ज्ञवालिको स्वागतमा ५ दर्जन बढि युएईमा कृयाशिल नेपाली संघसस्थाहरु एउटै मंचमा भेला भएका हुन ।

सहभागी संस्थाका प्रतिनिधिहरुले नवआगन्तुक कर्मचारीहरुलाई खादा, अबिर, टोपी लगाइदिएर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा सरिक भएका संस्थाका प्रतिनिधिहरुले नयाँ कर्मचारीहरुलाई नेपाल र नेपालीको इज्जत बढाउने कार्य गर्न सुझाएका थिए । यूएईमा कार्यरत नेपालीहरुका समस्याहरु समधान गर्न नयाँ टिमले अझ क्रियाशीलता देखाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरुले युएईमा नेपालीहरुले भोगेका समस्याहरु बुदागत रुपमा राख्दै समस्याहरुको सुनुवाइको लागि दूतावासले पहल गरेमा यहाँका संघसस्थाले आगमनमा मात्र स्वागत होइन सफल कार्यको खुसियालीमा पनि यसैगरी खुशीसाथ बिदाइ गर्न पाइयोस भन्दै शुभकामना दिएका थिए।

सम्मान सहित लगाइदिएको खादालाई आफ्नो जिम्मेवारी सम्झिएको बताउदै नेपाली दुतावास अबुधाबीका नव आगन्तुक कर्मचारीहरुले बिधिसम्मत गर्न मिल्ने र नियमकानुनको परिधिभित्र रहेर आफुहरु सधै यहाँ रहेका नेपाली संघसस्थाहरु संग सहकार्य गर्न तयार रहेको बताएका

एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिव कुमार बलामीले उपस्थित सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन एनआरएन युएईका महासचिव कृष्ण पौडेलले गरेका थिए ।