भारतिय कलाकारले पनि मोदी मन पराउदैनन्, अभिनेता प्रकाशराजले भने – म मोदी विरोधी हुँ

प्रकाशित मिति - सोमवार, माघ ८, २०७४

                               

दक्षिण भारतीय र बलिउडका चर्चित अभिनेता  प्रकाश राज विशेष गरेर पर्दामा खलनायकको भूमिका निभाउने गर्छन्। एक टिभी च्यानलले आयोजना गरेको कार्यक्रममा प्रकाश राजले भने- म हिन्दु विरोधी होइन,मात्रै मोदी विरोधी हुँ।

प्रकाश राजले आक्रोशित हुँदै अगाडी भने- आलोचकहरुले भन्छन् म हिन्दु विरोधी छु भन्छन् तर म मोदी,हेगडे र शाह विरोधी हुँ।

प्रकाश राजको इशारा भारतीय जनता पार्टी (भाजपा) का नेता तथा केन्द्रिय मन्त्री अनन्त कुमार हेगडे, भाजपा अध्यक्ष अमित शाह प्रति थियो।

हत्यारालाई समर्थन गर्नेहरु हिन्दु हुन सक्दैनन्। पत्रकार गौरी लंकेशको हत्या भएपछि मोदी समर्थकले उत्सव मनाए,प्रकाश राजले यसबारे मोदीसँग जवाफ मागेका थिए। तर मोदी शान्त थिए। पूर्व पत्रकार लंकेशका साथी प्रकाश राजले भने- एक सच्चा हिन्दुले यस्तो कामको समर्थन गर्न सक्दैन।