नेपालमा बनेका बाटाहरू यमलोक जाने बाटो हो

मीनबहादुर पण्डित

प्रकाशित मिति - सोमवार, माघ ८, २०७४

                               

हरेक वर्ष सड़क दुर्घटनामा लगभग ६ हज़ारले ज़्याँन गुमाऊने गर्दछन, भने लगभग १२ हजार जति अपांग र घाइते हुने गर्दछन । झन् धुवाँ र धुलोले गर्दा त्यों भन्दा धेरैले ज़्याँन गुमाई रहेका छन । कयौ मान्छेहरु दीर्घ रोगी भएर उपचारमा घर खेत सक्न बाध्य छन । अर्कों तीर घण्टौको ट्राफिक जामले गर्दा समयको बर्बादी त भईनै रहेको छ, त्यो भन्दा ठूलो घाटा जामले गर्दा पेट्रोल डिजेल फोकटमा नास हुनाले भाड़ा दर एकदमै महँगो पर्न गएको छ । सवारीधनीहरुलाई खाल्टे सडकले गर्दा सबारी साधन मर्मत गर्न पनि त्यस्तै गाह्रो छ । यसको बोझ पनि यात्रुलाई नै पर्ने हो । १० बर्ष टिक्ने बाइक ५ बर्षमै थोत्रो भएर काम नलाग्ने हुन्छ, अनि २ लाख खर्च गरेर अर्को किन्नु परेन ? उदाहरणका लागी अहिले बौद्धबाट कलंकी जानु पर्यो भने लगभग २ घण्टा जति लाग्छ, तर फ़्लाईवोबर वा डबल लेनको हाईवे अथवा एक्सप्रेस हाईवे हुने हो भने यो केवल १५ मिनेटको बाटो हो । यस्तो संबेदनशील कुरामा सम्बंधित निकाय र सरकार कानमा तेल हालेर बसेका छन । लापरबाहीले सबारी साधन चलाउने ड्राइबारलाई समेत कडा कारबाही हुन् सकेको छैन । यातायात क्षेत्रको विकृति हटाउन सरकारले यातायात सुधार आयोग नै गठन गर्न पर्ने भै सक्यो ।

यदि सरकारी निकायले चाहने हो भने ९५ % सम्म दुर्घटना कम गर्न सक्छन, अर्थात अहिले वर्षमा ६ हजार सडक दुर्घटनामा मरिरहेका छन् भने त्यसलाइ बर्षको ५० सम्म झार्न सकिन्छ तर नीति निर्मातालाई सर्वसाधारण मरेर क़ेहि फरक नपर्ने रहेछ । अरबौको कमाई कमिसन र मोजमस्ती पूर्ण जीवन छाडेर सर्वसाधारणका लागी कसले पो सोचोस ? भ्रष्टचारीहरूलाइ यति पनि ज्ञान र विवेक छैंन र ? राजधानीको धुवाँ धुलो तिनले र तीनका संतान अनि आफन्तले पनि खानु पर्नेछ । दुर्घटनामा तीनका संतान र आफन्तका पनि ज़्याँन जान सक्छ । किनकी तिनीहरुलाई पनि यहि समाजमा बस्नु पर्छ । अनि यहि हावा खानु पर्छ, यहि बाटो हिड़नु पर्छ । त्यसैले भ्रष्टाचार गर्नेहरूले अरुक़ो मात्र होईन स्वयं आफ्नो र आफन्तको समेत जीवनमाथी खेलवाड गरी रहेका छन ।यदि प्रदुषणबाट आफुलाइ बचाऊने हो भने अब भ्रष्टचारीहरूले सगरमाथा चडदा जस्तो अक्सिजनको सिलिंडर बोकेर हिडे हुन्छ ।

त्यस कारण अज्ञानता र मानबिय संबेदनशीलता नभएकाहरूले गर्दा नै नेपाल बिग्रिएको हो । जती बाटो बनाउनु छ की त राम्रो बनाऊ, नत्र भने बनाउदै नबनाउ । दुर्घटना भएर मान्छे मरेको समाचार कती सुन्ने ? सरकारको काम दुर्घटनामा मरेको लास निक़ाल्ने हो की दुर्घटना रोकथाम तीर लाग्ने हो ? अकालमा मान्छे मरेको सुन्दा अलि कति दु:ख पनि लाग्दैन ? मृतकको आत्माको चिशान्ति लागि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु भने पछि पुग्यो ? हुन् त् आफ्नो घरको मान्छे मर्दा पो आँशु आउछ, अर्काको घरमा मान्छे मर्दा आँशु आउदैन । यदी सरकारले सुरक्षित बाटो बनाउन नसक्ने हो भने सडक दुर्घटनामा घाइते भएका र मृतु भएकाहरुको आफन्तको लालन पालनको सम्पूर्ण जिम्मा सरकारले लिनु पर्दछ ।

अरबौका सड़क योजनामा दुई चार वटा स्काभेटर र डोजर लगाउने अनि केहि मजदूर लगाउने अनि कम भन्दा कम ख़र्च गरेर अरबौ नाफा कमाउने र आफुलाइ सफल र ठुलै बुद्धिमानी सम्झिनेहरू वास्तवमा यो समाजका धमिराहरू हुन । नेपालमा जती भ्रष्टचार गरे पनि कुनै कड़ा कारबाही हुदैन । दुई चार दिन मिडिया हेडलाइन बनेर आउछ, अनि नया समाचार आएपछी पुराना कुरा सबैले बिर्सिंछन ।अनि भित्र भित्रै सेट्टिंग मिलाएर केस रफादफा गरिन्छ । झन प्रक्रिया मिलाएर वा कागज़ मिलाएर खानेलाइ त कसैले औला उठाऊँन सक्दैंन । त्यस माथी पनि राजनीतिक पहुच हुनेहरूलाइ त झन कसले छूने ? नेपलमा सडक दुर्घटना हुनुको प्रमुख कारण कमजोर भौतिक संरचना र फितलो अनुगमन वा प्रशासनिक हेलचेक्र्याइँ नै हो । विदेश तिर ५० वर्ष पछीलाई सोचेर एक्स्प्रेस हाईवे बनाइछ, तर नेपालमा नबनाइ नहुने बाध्यता भए पछी मात्र तत्काललाई काम चल्ने गरी बाटो बनाईन्छ । अनि आजलाइ काम चलाउन बनाएको बाटोले भोलिलाई धान्दैन । त्यो पनि जाने बुझेर ढीला गर्ने र मिलेमतोमा बजेट थपेर बिभिन्न बाहना देखाएर खाने प्रवृति झन झन मौलाउदो छ । राजधानीका क़ेहि राम्रा बाटो पनी विदेशी सहयोग वा बिदेशीले नै बनाइ दिएका हुन । तर त्यत्ति बाटो मात्र प्रर्याप्त छैनन । हुन् त् भएका सरकारी उद्योग समेत कमिसनका लागि निजीकरण गर्नेले के नया बाटाहरु बनाउथे ?

सायद भ्रष्टाचारीहरुलाई चीनले रिङ्गरोड बढाएर ठुलो गल्ति गर्यो, उद्योग कलकारखाना बनाइ दिएको भए बेच्न मिल्थ्यो, तर रिङ्गरोड त् बेच्न नि मिलेन ,क्या झुर भो । जाबो ठेक्का लगाएर बाटो बनाऊन नसक्नेहरू चुनाव जीत्न मेट्रो र मोनो रेलको कुरा गर्छन, अनि चुनाब जीते पछी आफनै औकातमा फर्किन्छ । देशमा केहि बजेट त अवश्य बन्च, बैदेशिक सहयोग पनि राम्रै आउछ । त्यसैले जिम्मेवार निकायमा बस्नेहरूलाई अनुरोध छ, राम्रो र आधुनिक सड़क योजना बनाइ देउ, त्यसमा न तिम्रो खल्तिको पैसा जान्छ , न तिमीले नै बाटो खन्न नै जानू पर्छ । जनताले तिरेको करबाट सरकारी तलब भत्ता खाए पछि अनुगमन गर्न त सकिन्छ होला नि ? हो ईमानदार भएर त्यत्ति गरिदिए पुग्छ । आजको २१ सौ शताब्दीमा ३ महीना पनी नटिक्ने बाटो बनाएर हुन्छ ? खै यातायात क्षेत्रमा प्रबिधिको प्रयोग ? खै यातायात क्षेत्रको आधुनिकरण ? देशको बिकाशका लागि पर्यटन क्षेत्रको बिकास हुनु पर्दछ, तर सुरक्षित बाटो बिना ज्यान माया मारेर को नेपाल घुम्न आउछ ? नेपालमा बारम्बार भइ रहने सडक दुर्घटनाले बिश्व भरि नेपालको यात्रा सुरक्षित छैन भन्ने संदेश गइरहेको छ । यस्तो स्थितिमा आफ्ना सन्तान, साथीभाइ र आफन्तलाइ नेपाल घुम्न जान कसैले पनि अनुमति र सल्लाह दिदैनन । त्यसैले सम्बृद्धिको आधार र बिकासको मेरुदण्ड सडक नै हो ।

तर हाम्रो बाटाहरुमा ज़्यान हत्क़ेलामा राखेर हिड़नु पर्ने बाध्यता छ । त्यसैले नेपालमा बनेका बाटाहरू, यो त रोड होईनन, यमलोक जाने बाटो अर्थात यमरोड हो ।