जन्म दिने आमाको इज्जत गर्न नसके पनि अन्तिम सास फाल्नु पर्ने धर्ती माताको थोरै सम्मान त गर्न सिक नेता ज्यु

निर्मल गुरुङ

प्रकाशित मिति - सोमवार, माघ ८, २०७४

                               

६०१ कालो सुँगुरहरुको दिनहुं नौटंकी चल्ने संसद भवन रहेको “राजधानी“ भनिने ठाउँ हाम्रो गाउँबाट पूर्बतिर पर्छ । त्यसैले होला, बिहानै उठी पधेरोमा पण्डित बाजे पुर्व फर्केर कराउदै र सराप्दै थियो ।

थुक्क… बजिया र पाजी हो, तिमीहरुको सत्यनाश नै होस । हरे राम, राम राम..अब केहि नपाएर छिमेकी रिझाउन पो थाले छन नि !! होइन के भाको यस्तो ? मर्दाको छोरोले गरेर देखाउँछ रे भन्थे, देखाई त हाल्यो पटक–पटक ।

76लोकमानसित मैले कुरा मिलाई सके जस्तो अभिव्यक्ति पुरानो भाकै छैन पच्चिस बूँदे दिल्ली सम्झौता सेलाउन पाएकै छैन । अब फेरि सार्बजनिक विदा ! अन्ततः गर रै देखाई हाल्यो नि बाबु !!

यहि हो तिम्रो पुरुषार्थ र मर्दाङ्गी ? निर्दोष नारी र एउटी आमाको कोखलाई दोष लगाउनु हँुदैन भनिन्छ तर केहि अपवाद बाहेक वर्तमान सरकार र सरोकारवाला (नेता) हरु सबैका आमाको कोख वास्तब मै खोटो रहेछन ।

हरेक शताब्दीमा १–२ जना ऐतिहासिक कपुतहरु त जन्मिने गर्छ रे भन्ने सुनेको चाहिं थिए । तर, दुर्भाग्य हाम्रो देशको हकमा सयकडांै कुपुत्रहरु एउटै शतब्दीमा जन्मिन पुगेछन । जसले आफ्नै आमाको कोख र दुधको त थोरै पनि इज्जत दिन र राख्न सकेनन–सकेनन ।

तर, कम से कम तिमी जुन माटोमा पहिलो पाइला टेक्यौ, अनि अहिले उभिएका छौ र भोलि मर्नुपनि पर्दछ । त्यो धर्तीमाताको त थोरै इज्जत र सम्मान त गर्नु पर्ने हो !! “बिख नभएको सर्प र ईख नभएको मान्छे काम छैन भन्छन“ ! यि कपुतहरु सित न ईख छ न त बिख नै ।

विनाशकारी महाभुकम्पले तिम्रो धर्ती माता र तिम्रा आफन्तहरु घरबासविहिन भै परिवारिक शोकमा चुर्लुम्म डुबिरहंदा, अनि अस्पतालका बेडहरुमा छट्पटी रहँदा एउटा भुपरिवेष्ठित राष्ट्रले निर्वाध पारवहन गर्न पाउनु पर्ने अधिकारको थोरै पनि ख्याल नगरी नाकाबन्दी गर्ने देशका राष्ट्रपति आउँदा पौने तीन करोड नेपाली जनता के र कुन चहिं खुशीमा मादल र डम्फु बजाई सार्वजनिक विदा मनाउने ?

जनता जान्न चाहन्छ नेता ज्यु ? पश्चिमको लिपुलेकदेखि पुर्बको मेचीसम्म हजारौ हेक्टर नेपाली भू–भाग मिच्ने तिम्रा हजुरबा आउँदा के खुशिले सार्बजनिक विदा मनाउने नेता ज्यु ?

हरेक पटक पिठो दिई चामल साटेर फर्कने भारतिय विस्तारवादीको नाइके आउँदा कुन चाहि खुशीले हांस्ने नेता ज्यु? वंशज बाटै कु–कार्य गर्दा रमाउने नालायकहरुका लागि अनगिन्ति यस्ता सवालहरु सबै उठाउन पनि सम्भव छैन र जति उठाए पनि कम नै हुन्छन मलाई माफ गर्नु होला पाठक मित्रहरु ।

यद्यपि, तासको जोकर जस्तो जता तिर पनि मिल्ने जोक्करे स्वभावका यि भाडाका टट्टुहरुले मुलुकलाई कतातिर लैजान्छ भनेर सजिलै सित अनुमान लगाउन गार्हो छैन अब । यस्तै पाराले चल्ने हो भने भोलिका दिनमा मोदीको घरमा कुकुर मर्दा पनि चन्द्रसुर्य अंकित मेरो राष्ट्रिय झण्डा आधा झुकाएर सार्बजनिक विदा दिन पनि के बेर ?

सामन्यतया एक दिन पनि विधालय बन्दा हुदा शैक्षिक क्षेत्रमा लाखौ जनताका छोरा छोरीहरुलाई कति असर पर्दछ यि पागलहरुले बुझ्नु पर्ने होइन र ? हुन त आखिर त्यसका बाऊको के नै जान्छ र यहाँ किन कि सत्ता र कुर्चीको खेलमा आशिर्वाद दिने र अन्तिम निर्णयकको भुमिका खेल्ने खल पात्रहरुको लागि यो खबर पनि सानो हो ।

प्रजातन्त्र र लोकतन्त्रमा जनता सबै भन्दा ठुलो र शक्तिशाली हुन्छ भनिन्छ । खै कतै पढेको र सुनेको झै त लाग्छ । तर मेरो बिचारमा जनता ठुलो होइन पट्मुर्ख चहि सय प्रतिशत भइहरेका छ ।

यो चहिं पक्का हो । म आफै पनि एउटा महामुर्ख हुँ, किन कि मजस्ता करोडौ मुर्खहरुले गर्दा आज पण्डित बाले सराप्नै पर्ने लोकमान, प्रचण्ड र यि कुलङ्गगारहरु जस्ता हजारौ भ्रष्टचारीहरुको जन्म भयो । फलतः राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता नै धराप पर्न गयो ।

गर या मर को संघारमा आई पुग्दासम्म पनि एउटा हड्डीको टुक्रको लागि भुस्याहा कुकुरको खिचातानी भन्दा कुनै फरक देखिएन । आजको यो अवस्थाको जिम्मेवारी कस्ले लिन्छ नेता ज्यु? तपाई नेता वा आम जनताले, कुनै जवाफ छ ?

यदि जनता दोषी हो भने प्रमाणित गरि देखाउनुस सबै भन्दा पहिले म फाँसीमा लटकिन तयार छु,यदि सक्दैनौ भने मृत्युदण्डको सजाय नभएको मेरो देशमा लिपुलेकको डाँडांमा एउटा जेल बनाउन सक्ने हिम्मत राख्दछ करोडौ नेपाली जनता नेता ज्यु ।

त्यसैले बाँकी जिवन त्यहि जेलमा बसेर काटे हुन्छ । तिमीहरुलाई पापको प्रयाश्चित गर्ने ठाउँं र सबैभन्दा उत्तम सजाय पनि त्यो भन्दा ठुलो अरु हुनै सक्दैन । अरु केहि हुनै सक्दैन ।