करातेमा सुशान्त र विवेकलाई स्वर्ण

प्रकाशित मिति - सोमवार, माघ ८, २०७४

                               

काठमाडौँ, ७ माघ | आठौँ राष्ट्रिय विद्यालयस्तरीय सोतोकान कराते प्रतियोगितामा क्रिएटिभ स्कुलका सुशान्त सेढाईं र कान्तिपुर एकेडेमीका विवेक श्रीपालीले आज स्वर्णपदक जितेका छन् ।

सीतापाइलास्थित यशस्वी माविद्वारा आयोजित उक्त प्रतियोगिताको पुरुष २५ किलो तौलतर्फ फाइनलमा सुशान्तले यशस्वीका दिपेश राईलाई पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् । पुरुष ३० किलो तौलमा विवेकले क्रिएटिभका प्रेम चौधरीलाई पराजित गरेका हुन् ।

यस्तै, पुरुष २० किलो तौलमा क्याम्ब्रिजका अंकित चौधरीले स्वर्ण पदक जिते । उनले फाइनलमा सीतापाइलाका निश्चल राईलाई हराए । कान्तिपुरका सुदीप कुमार र मुन्ना कुमार तेस्रो भए ।

उक्त प्रतियोगिताको उद्घाटन महिला, बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापाले गर्नुभएको थियो । सो अवसरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका कृषा शेर्पा र मनिता श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । करातेको विकास र विस्तारमा योगदान पु¥याएकामा नेपाल सोतोकान कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पालाई पनि सम्मान गरिएको थियो ।

प्रतियोगितामा १५ विद्यालयका ३८० खेलाडीले विभिन्न ३१ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका यशस्वीका प्रिन्सिपल सुरज खड्काले जानकारी दिनुभयो । प्रतियोगिता सोमबारसम्म चल्नेछ ।